बर्नमाउथमाथि चेल्सीको सहज जित « Khabarhub

बर्नमाउथमाथि चेल्सीको सहज जित


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो । चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुबै गोल पहिलो हाफमा सम्भव भएको हो ।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको पासमा हाभार्टजले पहिलो गोल गरे । २४ औं मिनेटमा माउन्टले दोस्रो गोल गरेका थिए । हाभार्टजले दोस्रोे गोल ४४औं मिनेटमा गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन ।

जितपछि चेल्सी १५ खेलबाट २४ अंक सहित आठौं स्थानमा उक्लिएको छ । बर्नमाउथ १६ खेलबाट समान अंक सहित १४औं स्थानमा छ ।

मंगलबार राति नै भएको अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फोरेस्टलाई ३–० ले पराजित गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : १५ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा