‘प्रचण्ड र ओली दुवै छट्टु हुन्’ « Khabarhub

‘प्रचण्ड र ओली दुवै छट्टु हुन्’

पुरानै पात्र भएकाले राजनीतिमा नौलो केही हुँदैन


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४४ औं प्रधानमन्त्री बनेका छन्। बहुदल प्राप्ति पछिको प्रधानमन्त्रीका लागि नियुक्त प्रचण्डले अब साढे दुई वर्ष प्रधानमन्त्रीको पद दिने भन्ने सहमति नेकपा (एमाले)सँग भएको कुरा बाहिर आएको छ। आखिर पुरानो गठबन्धन तोड्दै नयाँ गठबन्धनको निर्माण अन्त्य र यो सरकारको भविष्य कस्तो होला ? यसै विषयमा आधारित भएर पूर्वमन्त्री, एकीकृत समाजवादीका नेता एवम् प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको अवस्थाले कस्तो संकेत गर्छ ?
अहिलेको राजनीति भनेको कसले कुन पद खाने भन्ने खालको छ। अहिले राष्ट्रपति को बन्ने भन्ने विषय चर्चामा छ। जुन ढंगले गठबन्धन भयो त्यो राम्रो होइन। यो घटनाक्रमले नेपालको राजनीतिमा जसले जति बेला जे पनि गर्छ सक्ने भन्ने संकेत गरेको छ।

गठबन्धन भनेको सबैको सहमतिमा चल्ने होइन ?
यो परिणामको चुरो कुरो भनेको सत्ता स्वार्थ हो। यो स्वार्थ सबैमा छ। गठबन्धनमा जानु भन्दा पहिला नै यो सबै कुरा बाहिर ल्याएको भए अहिले यस्तो भन्न सकिन्थ्यो। तर यो भित्र भित्र नै भयो। हामीसँग नैतिकताको खडेरी भयो। त्यसको परिणाम जनताले पुरानालाई छोडेर नयाँ दललाई रोजे। त्यसबाट हामीले नयाँ ढंगले चल्नु पर्दछ भनेका छौँ। पहिलो प्राथमिकतामा अर्थतन्त्रमा सुधार गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। हाम्रो दलमा हामी सत्तामा जान हतारिएका छैनौं। हामी १० जना सांसद छौं। हामीले एकै पटक सत्तामा जानु हुँदैन भनेका थियौँ। सत्ता नै सबै चिज होइन भन्दै आएका छौँ।

वर्षमान पुन चीनबाट आएर ओलीलाई भेटे र त्यसपछि ओली र प्रचण्डको एकता भयो। यसमा विदेशी शक्तिको हात रहेन कसरी भन्ने ?
कुनै पनि शक्तिको आगमनमा विदेशी चस्माले हेर्ने गरिन्छ। मूल रूपमा हाम्रो राज्यको बारेमा बाहिरीले जे सोचे पनि हामीले आफ्नो देशको बारेमा के गर्ने के नगर्ने भनेर सोच्नु पर्दछ।

अबको साढे दुई वर्ष प्रचण्डले प्रधानमन्त्री चलाउलान् कि भित्री कुरा अर्कै छ ?
अहिले उहाँहरूबीच भर्खरै सहमति भएको छ। दुवै नेता छट्टु हुन्। त्यसैले प्रचण्ड र केपी ओलीको दुई वर्षसम्म धैर्यता गर्ने क्षमता होला जस्तो लाग्दैन। पावर आफ्नो हातमा पार्न सबै शक्ति अहिले प्रचण्डप्रति लागेका छन्। नेपालको संविधानले त राष्ट्रपतिलाई आलंकारिक भनेको छ। तर, अहिले परिस्थिति फरक बनेको छ।

ओलीको अब राष्ट्रपति र प्रधानमन्त्री आफै हत्याउने दाउ हो त ?
ओली र प्रचण्डलाई हामीले पहिलादेखि नै भोगेका छौं। राजनीतिमा जे हुन्छ हेर्दै जाने हो। पुरानै नेतृत्व र पात्र भएकाले नौलो केही होला भन्ने छैन।

मन्त्री भएर केही गर्न सकिँदैन भने किन सरकार जाने त ?
कामहरू विस्तारै भइरहेका छन्। मन्त्रालयमा गएर पृथक तरिकाले र सकारात्मक सोचका साथ राजनीति गरेर अगाडि गए राम्रो हुन्छ। दबाबका रहेर सरकार चलाए कुनै काम छैन।

जनताले नयाँले केही गर्दछन् भनेर मत दिए। तर नयाँ पार्टीको पहिलो खण्डमा नै परीक्षण हुँदैछ ?
सरकारले सबैलाई समान हुने केही कार्यक्रम ल्याउला र त्यहाँ हरेक पार्टीका धारण सोधिएला। कसलाई कति पद दिन सकिन्छ त्यो मिलाएर दिइएला। सबैलाई मुख्यमन्त्री दिन सकिँदैन। समग्रतामा हामीले केही गरौँ भनेर केही गर्न सक्यो भने हामीले नकारात्मक धारणा राख्नु पर्दछ। विगतका नेताको कार्यकाल हेर्ने हो भने केही अनौठा र राम्रो केही नआउला। त्यसैले जो सत्तामा गएका छन् त्यसमा हामीले प्रश्न गर्नु पर्दछ। नैतिकताले यो अहिलेको गठबन्धन भन्दा पहिलाको नै गठबन्धन ठिक थियो।

नयाँ गठबन्धन बन्यो कांग्रेस अब सकिएको हो ?
लाभको दृष्टिकोणबाट कांगेसलाई घाटा भयो होला। तर देशलाई जो आए पनि एउटा प्रधानमन्त्री चाहिएको हो। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : ३५ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले