महिला लक्षित नीति खारेज गर्न तालिवानलाई राष्ट्रसंघको अपिल « Khabarhub

महिला लक्षित नीति खारेज गर्न तालिवानलाई राष्ट्रसंघको अपिल


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – तालिबानले अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ।

‘सामाजिक र आर्थिक रूपमा आधा जनसंख्या बहिष्कृत छ भने कुनै पनि देशले विकास गर्न सक्दैन र वास्तवमा बाँच्न सक्दैन’, मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले एक विज्ञप्तिमा भनेका छन्।

उनले भने, ‘महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा मात्र बढाउनेछैन बरु अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर छ।’ उनले नीतिहरूले अफगान समाजलाई अस्थिर बनाउने खतरा रहेको बताए।

शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए। यसअघि तालिबानले महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ५९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ