काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।
जसका अनुसार रातो आलु ४९ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५५ रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो।
यस्तै कन्य च्याउ प्रतिकेजी १४६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३६० रुपैयाँ रहेको छ। ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ५६ रुपैयाँ ६७ पैसा रहेको छ।
यसैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौँला ९५ रुपैयाँ, तिते करेला ११५ रुपैयाँ, प्याज सुकेको ४९ रुपैयाँ ३३ पैसा, भिण्डी ११० रुपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ।
प्रतिक्रिया