आरआर क्याम्पसमा झडप, विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार « Khabarhub

आरआर क्याम्पसमा झडप, विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी नेताहरु घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियूका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् ।

रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीले बताए।

उनले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताए ।  घाइतेहरुको अहिले काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ । सभापति शाहीले खुकुरी प्रहार गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरु आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको पनि बताए ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १२ : २७ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि