अपराध

सिराहामा लागूऔषधसहित चार जना पक्राउ

By खबरहब

December 28, 2022

सिराहा– सिराहामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा प्रतिबन्धित लागूऔषध बिक्री गरिरहेको अवस्थामा ५.५सय ४ मिलिग्राम ब्राउन सुगरसहित चारजना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा लागूऔषध ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार-६ को ३० वर्षीय दिपकुमार महरा, २५ वर्षीय पंकजकुमार महतो, वर्ष २० को शिरिल महरा र २५ वर्षीय संजय मोचीको साथबाट सेतो प्लास्टिकको स-सानो पोका बनाएको ७ थान ५.५४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख ‘इन्सपेक्टर’ राजु केसीले जनाएको छ ।

पक्राउ परेका चारैजनाको साथबाट डिजिटल तराजु, विभिन्न दरका दुई हजार भारतीय रुपैयाँ, तीन हजार नेपाली रुपैयाँ र तीन थान मोबाइल बरामद गरिएको इन्स्पेक्टर केसीले बताए। पक्राउ गरिएका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।