सांकेतिक तस्वीर

देश/प्रदेश

गोकर्णेश्वरमा मिनी ट्रक दुर्घटना हुँदा युवतीको मृत्यु

By खबरहब

December 28, 2022

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-१ की कल्पना नेपाल रहेकी छिन् ।

उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुन्दरीजलबाट आर्खेनीतर्फ जाँदै गरेको बा५ख ७३ ०९ नम्बरको मिनी ट्रक तीव्र गतिका कारण हिजो बेलुकी ७ बजे सडकबाट करिब तीन फिट तल खसको थियो ।