लुम्बिनी प्रदेशसभा सदस्यको सपथग्रहण १६ पुसमा हुने  | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशसभा सदस्यको सपथग्रहण १६ पुसमा हुने 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल– नवनिर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यहरूको सपथग्रहण १६ पुस शनिबार हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यहरूलाई १६ पुसमा सपथग्रहण गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । 

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा सदस्यहरूको सपथग्रहणका लागि १६ पुस र प्रदेश अधिवेशन १८ पुसमा बोलाउने गरी सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए । 

यस्तै, सरकारका प्रवक्ता शर्माले लुम्बिनी प्रदेशको पूर्व सीमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्न स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको समेत जानकारी दिए । लुम्बिनी प्रदेशका सदस्यहरूलाई पहिलो पटक आफ्नो प्रदेशसभा भवन देउखुरी दाङमै सपथग्रहण गराउने तयार भएको छ ।

 लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरिसकेको छ भने प्रदेशसभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : ०० बजे

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

एजेनसी– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार