नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन « Khabarhub

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए। 

उनका अनुसार, चालु आर्थिक वर्ष २०७९-०८० का योजना भदौ महिनादेखि कार्यान्वयन प्रक्रिया सुरु भइ मङ्सिर महीनाबाट काम सञ्चालन गर्ने गरी काम भएपनि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही ढिलाइ भएकोमा अहिले योजना कार्यन्वयन प्रक्रियाको काम धमाधम भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको छ । आवको सुरुआतमै सक्रिय भएमा आवको अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने भएकाले समयमै काम थालेको योजना तथा बजेट शाखा प्रमुख तेजेन्द्र रोकायाले बताए । 

नेपालगञ्ज बसपार्कदेखि सूर्यगाउँसम्मको १३ सय मिटर सडक, मनिकापुर सडक, काञ्जीहाउस निर्माण, बागेश्वरी मन्दिर पुल निर्माणलगायतका पूर्वाधार विकासका योजना कार्यान्वयनको लागि डिपीआर निर्माण र सम्झौताको काम भइरहेको रोकायाले बताए। केन्द्रीय सरकारको योजना अन्तर्गत अहिले नेपालगञ्जमा जमुनाहदेखि राँझासम्मको चारलेन सडक स्तरोन्नति कार्य भइरहेको छ । 

जमुनाहदेखि कोहलपुरसम्मको चारलेन सडक निर्माण भएयता यो वर्ष राँझासम्मको सडक स्तरोन्नति कार्य भइरहेको डिभिजन सडक कार्यालय बाँकेका प्रमुख निरज शाक्यले जानकारी दिए ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : ०५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका