झोलुङ्गे पुल बनेसंगै कृषि उपजको बजारीकरणमा सहज | Khabarhub Khabarhub

झोलुङ्गे पुल बनेसंगै कृषि उपजको बजारीकरणमा सहज


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहयोगी भएका छन् । यसका साथै यी पुलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्नसमेत सहज भएको छ । पहाडी जिल्लामा सडक अभावका कारण सवारीसाधन सञ्चालन हुन सक्दैनन् । त्यसैले स्थानीयले आफ्ना उत्पादन डोकोमा बोकेर सहरसम्म पुर्‍याउन पनि समस्या हुने गर्दछ । तर यी पुलका कारण खोला या नदिकिनारसम्मै पुग्ने र सहर उक्लिनुपर्ने अवस्था नहरकेकाले पुलबाटै उत्पादन बजारसम्म पुर्‍याउन सजिलो भएको छ ।   

जिल्लाका विभिन्न स्थानमा स्टिलद्वारा निर्माण भएका ८० वटा यस्ता पुलले कृषि उत्पादनको बजारीकरण गर्न तथा आवतजावतमा सुविधा भएको हो । गाउँमा उत्पादन भएका फसल तथा अन्य कृषिजन्य उत्पादनले बिक्री हुन थालेपछि स्थानीयको जनजीवनमा समेत सकारात्मक परिवर्तन देखिएको रघुगङ्गा गाउँपालिका– ६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुंर्जाले बताए ।

 विगतमा जिल्लाका दुर्गम तथा पिछडिएका स्थानका खोलामा पुलको अभावले वर्षायाममा आउने बाढीका कारण स्थानीयले कष्टपूर्ण जीवन बिताउँदै आएका थिए । म्याग्दीमा निर्माण गरिएका झोलुङ्गे पुल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति, अन्तर्राष्ट्रिय संस्था कादुरी, बिबिएलको आर्थिक सहयोगमा अत्यधिक रुपमा निर्माण गरिएका छन् । म्याग्दीको रत्नेचौर र बागलुङको कुडूले जोड्ने ठूलो खोलामाथि निर्माण गरिएको तीन सय ८८ सय मिटर लामो झोलुङ्गे पुल जिल्लाकै सबैभन्दा लामो पुल मानिन्छ ।

पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणका लागि सहज भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरका निवर्तमान वडाअध्यक्ष टेकबहादुर रावलले यो पुलले आवतजावतमा सहजताका साथै रत्नेचौरमा पर्यटकको चहलपहल बढाउन सहयोग पुगेको बताए । रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबारलगायतका गतिविधि गर्ने भएकाले पुलले सुविधा पुगेको उनको भनाइ छ ।

त्यसैगरी बागलुङको पञ्चकोट, कुँडूलेमा रहेको शालग्राम सङ्ग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, श्री लक्ष्मीहरि मन्दिर, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानव निर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुग्ने रत्नेचौरका युवा भरत खत्रीले बताए।

यसअघि रघुगङ्गा गाउँपालिका–१ बेगबादुक जोड्ने तीन सय ६५.८० मिटर लामो र एक सय ४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो । एक वर्षअघि मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका-६ रिख जोड्ने तीन सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । म्याग्दीका ग्रामीण तथा पिछडिएका क्षेत्रमा झोलुङगे पुललाई पक्की पुलको विकल्पको रूपमा समेत लिइएको छ । 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ४ : २६ बजे

सांसदले भने – सार्वजनिक ऋण २६ अर्ब नाघ्यो, राजस्वले साधारण खर्चसमेत धानेन

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्