युवाले गठन गरेको सहकारीबाट ४४ लाखको दूध बिक्री « Khabarhub

युवाले गठन गरेको सहकारीबाट ४४ लाखको दूध बिक्री


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बलेवा– वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाखको दूध बिक्री गरेको छ ।बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा ४४ लाख बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस-३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा सहकारी सुरु गरिएको थियो ।

 यस वर्ष मात्रै सहकारीले दूध निर्यातबाट ४१ लाख ६२ हजार आम्दानी गरेको छ । गाउँमै दूध बिक्री गरेर झण्डै तीन लाख आम्दानी गरेको संस्थाका अध्यक्ष विकास पौडेलले बताए । अधिकांश शेयर सदस्य वैदेशिक रोजगारीबाट फर्केका युवा रहेको सहकारीले व्यावसायिक पशु पालनमा जोड दिँदै आएको छ । विदेशमा हुने मेहनत आफ्नै माटोमा गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सहकारीले प्रस्तुत गरेको पौडेलले बताए । ‘हाम्रो सहकारीमा आवद्ध अधिकांश किसानले दुई वा दुईभन्दा बढी गाईबस्तु पाल्नुभएको छ, धेरै युवाको व्यावसायिक फार्म छ’, पौडेलले भने, ‘विदेशबाट फर्केपछि आम्दानीको स्रोत नै दूध हो ।’ सहकारीको दूध पोखरा, बागलुङ र कुश्मा लगायतका बजारमा बिक्री हुने गरेको सहकारीका सहसचिव गुरुप्रसाद शर्माले बताए । 

सहकारीले उत्पादन गरेको दूधमा जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले उत्पादन प्रोत्साहन दिँदै आएका छन् । बितेको एक वर्षमा दुवै निकायबाट रु एक लाख २७ हजार छ सय ११ उत्पादन प्रोत्साहन सहकारीले पाएको छ । ‘बजार टाढा हुँदा ढुवानीमा समस्या छ, वर्षामा दूध बजार पु¥याउनै कठिन छ’, शर्माले भने, ‘समयमा दूधको भुक्तानी पाउने र बाह्रै महिना बजारको समस्या नहुँदा उत्पादन अझै बढी हुन्छ ।’

शेयर सदस्यले अनिवार्य दूध उत्पादन गर्नुपर्ने व्यवस्था सहकारीले गरेको छ । वार्षिक दुई सय ५० लिटर दूध उत्पादन नगर्ने शेयर सदस्यलाई जरिवाना लगाउने र धेरै उत्पादन गर्ने शेयर सदस्यलाई उत्पादनका आधारमा प्रोत्साहन दिने गरिएको छ । जैमिनीमा उत्पादित दूधको मूल्य किसानले ६५ देखि ७५ प्रतिलिटर पाउँछन् भने सहकारीले ८० देखि ८५ प्रतिलिटरमा बजार पठाउने गरेको छ । 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ४ : ५१ बजे

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको