अन्तर्घातविरुद्ध परेका उजुरीबारे निर्णयसहित पठाउने समयावधि थपियो « Khabarhub

अन्तर्घातविरुद्ध परेका उजुरीबारे निर्णयसहित पठाउने समयावधि थपियो


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि यही पुस १५ गतेसम्म निर्धारण गरेकामा पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिसबमोजिम सो अवधि थप गरिएको पार्टी कार्यालयले आज जनाएको छ ।

कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन पत्राचार गरेको छ ।  

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ५ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको