ताप्लेजुङमा तीन घर जलेर नष्ट « Khabarhub

ताप्लेजुङमा तीन घर जलेर नष्ट


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेन गाँउपालिका-१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए। 

भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा जलेर नष्ट भएको जनाइएको छ । 

घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाक्रा प्रहरीचौकीबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण खुलेको छैन । यस्तै क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ५ : २० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको