जुम्लामा ठूली भैली खेल्न सुरु | Khabarhub Khabarhub

जुम्लामा ठूली भैली खेल्न सुरु


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा ठूली भैली खेल्न सुरु भएको छ । स्थानीय परम्पराअनुसार चलिरहेको संस्कृति बचाउनका लागि जुम्ला सदरमुकाम खलङ्गादेखि गाउँघरमा ठूली भैली खेल्ने चलन छ । औँसीको भोलिपल्टदेखि ठूली भैलो खेल्न सुरु भएको चन्दननाथ नगरपालिका-१ का संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए। जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि जिल्लामा भैलो खेल्ने चलनको सुरुआत भएको मानिन्छ । बडाहाकिमले भैलेराभैलेरीलाई चार-चार पैसा दिने चलन रहेको संस्कृतिसम्बन्धी जानकार आचार्यले जानकारी दिए।

चन्दननाथ भैरवनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको यहाँका जानकार बताउँछन् । ठूली भैलो सुरु भएको दिनदेखि गाउँघरमा गएर भैलो खेल्न सुरु भएको तिला गाउँपालिका–१ का स्थानीयवासी कोलबहादुर रावतले बताए । हिउँदमा ठूली भैलो खेल्न जाडोले सकस हुने गरेको छ । 

स्थानीयवासी रावतले भने, ‘हाम्रो संस्कृतिलाई बचाउन स्थानीय सरकारले पनि काम गरेको छ । तिला गाउँपालिका पाँचवटा गाउँमै पुगेर ठूली भैलो खेलेको स्थानीयवासी रावतको भनाइ छ ।’ पछिल्लो समयमा आधुनिक परिवेशअनुसार विस्तारै त्यो चलन हराउँदै गएको स्थानीयवासी हिमाल कार्कीले बताए ।

ठूली भैलो सुरु भएको दिनदेखि अन्तिम दिनसम्म गाउँमा गएका पाहुनालाई भैलो छोप्ने चलन पनि रहेको छ । जिल्लामा स्थानीय परम्पराको मान्यता बोकेको भैलोले सामाजिक सद्भाव कायम गर्न नसकेका कारण यो चलन विलय हुन पुगेको जुम्लाका स्थानीयवासी बताउँछन् ।

 केही वर्षदेखि कर्णाली राजमार्गमा समेत भैली खेलेर सवारी साधनका चालकलाई पैसा माग्न गरेका छन् । मङ्सिर शुक्ल पूर्णिमाको दिनदेखि जिल्लामा सानो भैलो खेल्न गरेका छन् । स्थानीय कला, संस्कृतिलाई संरक्षणका लागि पालिकाले बजेटसमेत विनियोजित गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : ०६ बजे

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरुबाट

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ

केपी ओली टी-२० को फाइनलमा मधेस प्रदेश र आर्मी भिड्दै

पोखरा– पोखरामा जारी ‘केपी ओली कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको

बालकृष्ण खाँणलगायतको मुद्दाको फैसाला आज

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ