गौहत्याको दोषीलाई कारबाही गर्न राप्रपाको माग « Khabarhub

गौहत्याको दोषीलाई कारबाही गर्न राप्रपाको माग


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले बाँकेको खजुरामा भएको गौहत्याको दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार पुनः खजुराअन्तर्गत रनियापुरमा ठूलो सङ्ख्यामा गाईको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न राप्रपाले माग गरेको हो ।

हिन्दुहरूको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको ठूलो सङ्ख्यामा हत्या भएकाले उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उक्त घटनाप्रति आपत्ति जनाउँदै राप्रपाले दुःख व्यक्त गरेको छ ।

‘बाँकेको खजुराअन्तर्गत रनियापुरमा हिन्दुहरुको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको आज फेरि ठूलो सङ्ख्यामा हत्या भएको घटना दुःखद, निन्दनीय र आपत्तिजनक छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘घटनाको सत्यतथ्य छानबिन गर्न, दोषी पत्ता लगाउन र दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा जोडदार माग गर्दर्छौं ।’ 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया