गौहत्याको दोषीलाई कारबाही गर्न राप्रपाको माग « Khabarhub

गौहत्याको दोषीलाई कारबाही गर्न राप्रपाको माग


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले बाँकेको खजुरामा भएको गौहत्याको दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार पुनः खजुराअन्तर्गत रनियापुरमा ठूलो सङ्ख्यामा गाईको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न राप्रपाले माग गरेको हो ।

हिन्दुहरूको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको ठूलो सङ्ख्यामा हत्या भएकाले उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उक्त घटनाप्रति आपत्ति जनाउँदै राप्रपाले दुःख व्यक्त गरेको छ ।

‘बाँकेको खजुराअन्तर्गत रनियापुरमा हिन्दुहरुको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको आज फेरि ठूलो सङ्ख्यामा हत्या भएको घटना दुःखद, निन्दनीय र आपत्तिजनक छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘घटनाको सत्यतथ्य छानबिन गर्न, दोषी पत्ता लगाउन र दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा जोडदार माग गर्दर्छौं ।’ 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : २१ बजे

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा