पोखरा सडक महोत्सव सुरु « Khabarhub

पोखरा सडक महोत्सव सुरु


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

पोखरा– ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नारासहित आजबाट पोखरामा २४औँ संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । अग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर रेष्टुरेन्ट एन्ड बार एशोसियशन नेपाल पोखराको आयोजनामा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु महोत्सव १७ पुससम्म चल्नेछ । 

लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब ३.५ किलोमिटर सडकमा सुरु महोत्सवको फेवाताल किनारस्थित कोमागाने पार्कमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले उद्घाटन गरेका थिए । 

महोत्सव उद्घाटनअघि लेकसाइडको हल्लनचोकबाट विभिन्न जातजाति, आमा समूह, संघ संस्थासँगै देशका विभिन्न भागबाट आएका सांस्कृतिक समूहको झाँकी र नृत्यसहितको र्याली कोमागाने पार्कमा पुगेर उद्घाटन शत्रमा परिणत भएको थियो । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यसहित विगत २४ वर्षदेखि अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्दै आएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।

महोत्सव अवधिभर त्यसक्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरूले आफ्ना भान्छा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिने गर्दछन् । महोत्सवमा रेबानमा आबद्ध रेष्टुरेन्टसँगै खाना र अन्य गरी तीन सय ५० वटा स्टल सडकमा राखिएका छन् ।

पर्यटकहरूले सडकमै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको परिकार, नेपालका  विभिन्न  जातीय तथा  धार्मिक सांस्कृतिक कार्यक्रम, साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, घरेलु एवं हस्तकलाका सामग्री, लाइभ ब्यान्ड, पञ्चेवाजा, गन्दर्भगायन र सडकमै  मनोरञ्जनात्मक  कार्यक्रमहरूको प्रस्तुतिसमेत हेर्न पाउनेछन् ।

पोखरा र यस आसपासका क्षेत्रमा रहेका नेपाली कला, संस्कृति, रहनसहनलगायत जगेर्नासँगै विदेशी पर्यटक माझ चिनाउने मुख्य उद्देश्यसमेत महोत्सवको रहेको रेवान पोखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए । 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : ३५ बजे

सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

काठमाडौं– दोलखाको तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको

तोडफोड र आगजनीपछिको मस्जिद (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजारस्थित चौहर्वा जामे मस्जिद आन्दोलनका क्रममा भएको तोडफोड

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो