युक्रेनलाई हतियार आपूर्ति गर्ने पाकिस्तानको योजना « Khabarhub

युक्रेनलाई हतियार आपूर्ति गर्ने पाकिस्तानको योजना


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई हतियार आपूर्ति गर्ने योजना बनाइरहेको खुलेको छ ।

भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएअनुसार पाकिस्तानले युक्रेनसँग सीमा जोडिएको पूर्वी युरोपेली मुलुकमार्फत् हतियारको आपूर्ति गर्ने योजना बनाएको हो ।

पाकिस्तानले उक्त पूर्वी युरोपेली मुलुकमार्फत् युक्रेनलाई गोलीगठ्ठा, तोपखाना प्रणाली, रकेट लन्चर आपूर्ति गर्ने तयारीमा रहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

पाकिस्तानको कराँची बन्दरगाहबाट उक्त पूर्वी युरोपेली मुलुकतर्फ हातहतियारको निकासी गर्ने तयारी छ । पाकिस्तानले यसै वर्षको सुरुमा बेलायतका तर्फबाट युक्रेनलाई हतियार निकासी गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : ४७ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम