अर्को वर्ष भारतमा हाइड्रोजन उर्जाबाट गुड्ने रेल चल्ने « Khabarhub

अर्को वर्ष भारतमा हाइड्रोजन उर्जाबाट गुड्ने रेल चल्ने


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले सन् २०२३ को अन्त्यमा हाइड्रोजन उर्जाबाट सञ्चालन हुने रेलको सुरुवात गर्ने भएको छ ।

भारतको इकोनोमिक टाइम्स अखबारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार भारतले सन् २०२३ को डिसेम्बर महिनामा स्वदेशमै डिजाइन र निर्माण गरिएको हाइड्रोजन उर्जाबाट सञ्चालन हुने रेलको सुरुवात गर्न लागेको हो ।

आगामी वर्षको मे वा जुन महिनामा उक्त रेलको डिजाइन सार्वजनिक गरिने भारतीय रेलमन्त्री अश्विनी वैष्णवको भनाइ छ ।

वन्दे मेट्रो नाम दिइएको उक्त रेल ठूलो परिमाणमा निर्माण गरिने र यसले सन् १९५० र ६० को दशकमा निर्मित भारतका पुराना रेललाई विस्थापन गर्ने लक्ष्य लिइएको छ ।

भारतमा अधिकांश रेलहरु डिजेल तथा विद्युत उर्जाबाट सञ्चालन हुँदै आएका छन् ।

रोयटर्सका अनुसार हाल विश्वभरका सरकार तथा उर्जा कम्पनीले सफा हाइड्रोजन उर्जामा लगानी बढाइरहेका छन् । यद्यपि यसको भविष्यमा मूल्य र प्रयोगमा भने अनिश्चितता रहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ०१ बजे

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच