अर्को वर्ष भारतमा हाइड्रोजन उर्जाबाट गुड्ने रेल चल्ने « Khabarhub

अर्को वर्ष भारतमा हाइड्रोजन उर्जाबाट गुड्ने रेल चल्ने


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले सन् २०२३ को अन्त्यमा हाइड्रोजन उर्जाबाट सञ्चालन हुने रेलको सुरुवात गर्ने भएको छ ।

भारतको इकोनोमिक टाइम्स अखबारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार भारतले सन् २०२३ को डिसेम्बर महिनामा स्वदेशमै डिजाइन र निर्माण गरिएको हाइड्रोजन उर्जाबाट सञ्चालन हुने रेलको सुरुवात गर्न लागेको हो ।

आगामी वर्षको मे वा जुन महिनामा उक्त रेलको डिजाइन सार्वजनिक गरिने भारतीय रेलमन्त्री अश्विनी वैष्णवको भनाइ छ ।

वन्दे मेट्रो नाम दिइएको उक्त रेल ठूलो परिमाणमा निर्माण गरिने र यसले सन् १९५० र ६० को दशकमा निर्मित भारतका पुराना रेललाई विस्थापन गर्ने लक्ष्य लिइएको छ ।

भारतमा अधिकांश रेलहरु डिजेल तथा विद्युत उर्जाबाट सञ्चालन हुँदै आएका छन् ।

रोयटर्सका अनुसार हाल विश्वभरका सरकार तथा उर्जा कम्पनीले सफा हाइड्रोजन उर्जामा लगानी बढाइरहेका छन् । यद्यपि यसको भविष्यमा मूल्य र प्रयोगमा भने अनिश्चितता रहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको