गण्डकीका ज्येष्ठ सदस्य बस्यालद्वारा शपथ  « Khabarhub

गण्डकीका ज्येष्ठ सदस्य बस्यालद्वारा शपथ 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीय बस्याललाई शपथ ग्रहण गराएका हुन् ।

संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई शपथ गराए । पर्वत (ख) बाट निर्वाचित बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।

गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिकतर्फ २४ सांसद निर्वाचित भएका छन् । प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । 

संविधानको धारा १८३ को उपधारा १ बमोजिम बोलाइएको प्रदेश सभा अधिवेशनमा पनि ज्येष्ठ सदस्य बस्यालले नै अध्यक्षता ग्रहण गर्नु गर्ने छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : २८ बजे

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति