बागमती प्रदेशका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ « Khabarhub

बागमती प्रदेशका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेशसभाका एक सय १० सदस्यमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । ढुङ्गाना नेकपा (माओवादी केन्द्र) का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरणअनुसार उनको जन्म २००६ साल असोज २ गते भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुङ्गानाले सभाको अध्यक्षता गर्नेछन्।

प्रदेशसभामा निर्वाचित बाँकी प्रदेशसभा सदस्यको शपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेशसभा सचिवालय हेटौँडामा राखिएको छ । बाँकी सदस्यलाई ज्येष्ठ सदस्य ढुङ्गानाले शपथ गराउनेछन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ५८ बजे

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु