बिरामी आमालाई भेट्न भारतीय प्रधानमन्त्री मोदी अस्पताल पुगे « Khabarhub

बिरामी आमालाई भेट्न भारतीय प्रधानमन्त्री मोदी अस्पताल पुगे


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हिराबेन मोदीको स्वास्थ्यस्थितिबारे जानकारी लिन गुजरात राज्यको अहमदाबादस्थित यूएन मेहता मुटुरोग तथा अनुसन्धान केन्द्र पुगेका छन् ।

प्रधानमन्त्रीकी आमालाई हिजो उपचारार्थ केन्द्रमा भर्ना गरिएको हो । हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर रहेको केन्द्रले आज एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

हालै सम्पन्न गुजरात विधानसभा चुनावका बेला प्रधानमन्त्री मोदीले एक सय वर्षकी आमालाई भेटेका थिए । प्रधानमन्त्रीकी आमाले चुनावको दोस्रो चरणमा मतदान पनि गरेकी थिइन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ०६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन