देउवालाई कारवाही गर्नुपर्छ भन्नु गलत : कांग्रेस नेता डा. कोइराला « Khabarhub

देउवालाई कारवाही गर्नुपर्छ भन्नु गलत : कांग्रेस नेता डा. कोइराला


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कारवाही गर्नुपर्छ भन्नु गलत हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता डा. कोइरालाले देउवालगायतलाई कारवाही गर्नुपर्छ भन्न नहुनेमा जोड दिए ।

डा. कोइरालाले कांग्रेसको साथ छाडेर एमालेसँग मिलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको मर्म नबुझेको आरोप समेत लगाए ।

उनले सबैभन्दा ठूलो पार्टीको हिसाबमा कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वभाविक भएको पनि उल्लेख गरे । यद्यपि राष्ट्रपति लिएर सहमती गर्न गरेको भएपनि हुने भन्दै उनले गठबन्धनमा कांग्रेसका तर्फबाट पनि चुक भएको उनले औँल्याए ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे आगामी पुस २२ गते डाकिएको पार्टीको केन्द्रीय समितिको बैठकमा समीक्षा हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : ०० बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि