फाइभ-जी प्रयोगपछि विश्वभर हुनसक्छ यस्तो परिवर्तन | Khabarhub Khabarhub

फाइभ-जी प्रयोगपछि विश्वभर हुनसक्छ यस्तो परिवर्तन



विश्व महाशक्ति अमेरिका र उदाउँदो महाशक्ति चीनबीच अहिले आफ्नो प्रभुत्व विस्तारका लागि तीब्र प्रतिस्पर्धा चलिरहेको छ। भविष्यको नियन्त्रका लागि यी दुबै देशबीचको टकरावको केन्द्रमा छ- प्रविधि।

भू-राजनीतिक प्रतिस्पर्धाको सबैभन्दा महत्वपूर्ण औजार रहेको प्रविधिको खोज र अनुसन्धानमा भइरहेको हानाथापले दूरसञ्चार प्रविधिले ठूलो फड्को मार्ने अनुमान गरिएको छ। अहिलेको विश्व प्रविधिमा प्रतिस्पर्धाको मुख्य केन्द्रमा रहेको छ पाँचौ पुस्ताको वायरलेस टेक्नोलोजी अर्थात् फाइभजी। फाइभजी प्रविधिमाथिको नियन्त्रणले नै भविष्यको प्रविधिसँगै अर्थतन्त्रमा नियन्त्रण कायम गर्न सकिने भएकाले धेरै विकसित देशले अनुसन्धानलाई तीब्रता दिइरहेका छन्।

फाइभ-जी टेक्नोलोजी हाल प्रयोगमा रहेको फोर-जीभन्दा निकै परिस्कृत प्रविधिका रूपमा आउँदै छ। वैज्ञानीकले फाइभजी टेक्नोलो-जीमा १ हजार भन्दा अधिक एप्लिकेसन चलाउन सकिने बताइरहेका छन्। डाटा स्पिड फोरजीभन्दा १ सय गुना बढी हुने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फाइभ-जी प्रविधिमा डाटा स्पिड मात्रै १० गिगाविट प्रतिसेकन्ड हुनेछ।

फाइभजी प्रविधिमा एउटा फिल्म ०.३७ सेकेन्डमै डाउनलोड गर्न सकिनेछ। फाइभ-जी प्रविधि संचालका लागि ऊर्जाको खपत १० गुणाले कम हुनेछ। उपभोक्तालाई मात्र होइन फाइभ-जीले संसारका धेरै क्षेत्रमा आमुल परिवर्तनहरु ल्याउँनेछ।

केही देशमा सीमिति स्तरमा व्यवसायिक सुरुवात गरिरहेका फाइभ-जी आम रुपमा अहिले पनि परीक्षणकै क्रममा छ। अहिलेको विश्वमा इन्टरनेट नै ठूलो खोजी र आविष्कारको उपलब्धि र उपयोगी प्रविधि रहेको छ। यही प्रविधिको सफलताले संसारलाई नै अनलाइन हुँदै मोबाइलमा खुम्चाइ दिएको छ।

फाइभ-जीले अबको सञ्चार तथा प्रविधिको भविष्यको प्रतिनिधित्व गर्दैछ। सन् २०२५ भित्र विश्वभर अनुमानित १.५७ अर्ब वा कुल मोबाइल प्रयोगकर्तामध्ये १८ प्रतिशतमा फाइभ-जी प्रविधिको पहुँच पुग्नेछ। हालैको एक अध्ययनअनुसार २०२५ भित्रसम्म अमेरिका, चीन, जापान र दक्षिण कोरिया मात्र फाइभ-जी मोबाइल नेटवर्क प्रयोग गर्ने विश्वभरको संख्याको आधा हुनेछन।

फोव्र्स म्यागजिनका अनुसार सन् २०२६ सम्ममा फाइभ-जीमा ३ अर्ब ५० करोडले प्रयोग गर्न सक्छन्। फाइभ-जीसँगको उपलब्ध ब्यान्डविथ, विश्वसनीयता र इस्ट्रिमिङ गतिमा भएको वृद्धिले व्यवसायलाई आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ जस्ता उन्नत डाटा-संचालित प्रविधिको पूर्ण क्षमता प्रयोग गर्न दिन्छ जसले गर्दा व्यवसायलाई झन् सक्षम बनाउन सक्छ।

विज्ञहरुले गरेको अनुसन्धान अनुसार विश्वभर सन् २०३५ सम्ममा फाइभ-जीको सामाजिक तथा आर्थिक प्रभावले करिब १३.२ ट्रिलियन अमेरिकी डलर (अनुमानित) आर्थिक मूल्यको वृद्धि सिर्जना गर्नेछ।

प्रविधिको प्रयोगले काममा सहजता
फाइभ-जीको प्रयोगले विश्वव्यापी व्यापारको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्नसक्छ। धेरै देशहरूले छ जी नेटवर्कहरू प्रयोग गर्दा, विश्वव्यापी व्यापार अवसरहरू तीव्र रूपमा बढ्नसक्छ, जसले उत्पादन र सेवाहरूमा उत्पादकत्वमा वृद्धिको सम्भावनाको साथ नयाँ सम्भावनाहरू निम्त्याउछ।

आधुनिक व्यापार संसार गत वर्षमा धेरै परिवर्तन भएको छ। धेरै व्यवसायीले इन्टरनेटको वायरलेस मोबाइल नेटवर्क प्रणालीबाट काम गर्ने सीपहरू सिकेकाले, विश्वका अन्य भागमा अन्य कार्यालयहरूसँग वायरलेस रूपमा काम गर्ने अब सजिलो भएको छ। फाइभ-जी सुरु भएपछि झन् सुरक्षित भिडियो सम्मेलन र सन्देशका लागि उच्च गति प्रदान गरेर विश्वव्यापी कुनै कामको लागि सञ्चार माध्यममा थप सुविधा दिनेछ।

त्यसैले सिक्स-जीको सम्भावनाको बारेमा प्राविधिक विशेषज्ञ धेरै उत्साहित छन्। विशेषज्ञले सिक्स-जी भोलिको भविष्यमा नवीनताको लागि महत्वपूर्ण हुने अपेक्षा गरेका छन्।

एभसेन्ट कम्पनिका सीईओ केभिन पारिखले फाइभ-जीले छिटो नै एचडी क्वालिटी भिडियो प्रदर्शन गर्ने क्षमता भएकोले व्यवसाय र ग्राहकसँगको अन्तरक्रिया नै परिवर्तन गर्ने सक्ने बताउँछन्। फाइभ-जी प्रयोगमा आएसँगै व्यापार गर्ने र उपभोक्तालाई संलग्न गराउने डिजिटल मार्केटिङमा ठूलो परिवर्तन आउने भएकाले यो स्तरमा बढ्न नसक्ने कम्पनीले ग्राहकसँगको सम्पर्क गुमाउने पनि वैज्ञानिकको भनाइ छ।

फाइभ-जीको उदयसँगै कम्प्युटिङमार्फत डाटा सिर्जना र परिमार्जन गरेर संचार अधिक यथार्थवादी हुनेछ। फाइभ-जीको ब्यान्डविथमा निर्भर भएकाले यसको राम्ररी चल्नको लागि पूर्वाधारमा ठूला परिवर्तन आवश्यक पर्नेछ।

फाइभ-जी नेटवर्कले उच्च अन्तरसम्बन्धित, विशाल-स्केल व्यवसाय प्रणालीको लागि ठूलो सम्भावना बोकेकाले आजसम्मका स्मार्ट सहर र ग्रिडहरूले धेरै आर एफ नेटवर्कहरू प्रयोग गरेकाले व्यवस्थापनमा सहजता गर्नेछ।

फाइभ-जी कम, मध्य र उच्च ब्यान्डको फ्रिक्वेन्सीमा प्रयोग गर्न सकिन्छ। तर, फाइभ-जीको तल्लो-फ्रिक्वेन्सी तरंगहरू टाढा जान सक्छन् तर ढिलो हुन्छ भने उच्च फ्रिक्वेन्सी तरंगहरू प्रयोग गर्दा जानकारी छिटो यात्रा गर्न सकिन्छ तर यी तरंगहरू मात्र सीमित दूरीमा जान सक्छन्।

उच्च फ्रिक्वेन्सी उच्च लागतमा आउँने भएकाले यसलाई धेरै आवश्यक भएको ठाउँमा मात्र प्रयोग गर्दा हुन्छ। जस्तै भीडभाड भएका सहरी सेटिङहरू, स्टेडियम, सम्मेलन केन्द्रहरू, एयरपोर्ट वा कन्सर्ट हल। फाइभ-जीको कम-विलम्बता संचारको माध्यम झैँ प्रयोग गर्न पनि सकिन्छ। फाइभ-जीको डाटा सेवामा कुनै हानी वा अवरोध बिना प्रसारण गर्नसक्ने भएकाले प्रकोप क्षेत्रमा पनि ड्रोनले क्षति हेर्न र आँकलन गर्न सजिलो हुनेछ। विस्तारै फाइभ जी नेटवर्कको प्रविधि अझ बलियो बनाउँन सके यसबाट शल्यक्रियाको लागि समेत प्रयोग गर्न सकिने विशेषज्ञको भनाइ रहेको छ।

सूचना तथा सञ्चार प्रविधि विज्ञका अनुसार अहिले फाइभ-जीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको र यसलाई विकास गर्नु आफैमा चुनौती बनेको छ। फाइभ-जी जडान हाल उपलब्ध नेटवर्क धेरै छिटो भएता पनि अहिले प्रयोग गरेको वाइरलेस मोबाइल नेटवर्क भन्दा महँगो छ र गरिब देशमा यस्को सेवा विस्तार गर्न समय लाग्नसक्छ।

फाइभ-जी लगानीकर्ताहरूलाई प्रति वर्ष अर्बौ डलरभन्दा लगानी गर्न आवश्यक छ, जसले गर्दा लगानीकर्ताहरू यो नेटर्वक प्रयोग गर्न अझै पनि अन्योलमै छन्। हुन त अहिले फाइभ-जी प्रविधिको पूर्वाधार, लगानी र स्वास्थ्य सम्बन्धी चुनौतीहरू छन्, तर सरकारले ती चुनौतीहरूलाई जतिसक्दो चाँडो सम्बोधन गर्दै यो प्रविधिलाई लागू गरे ताररहित नेटर्वकको प्रयोगले आर्थिक, सामाजिक-रणनीतिक आदि सबै क्षेत्रमा गतिशीलता ल्याउनेछ र विकासलाई अझ मजुबत बनाउनेछ। (फोब्र्सलगायत एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : २९ बजे

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ