अस्पताल भवनको ठेक्का सेटिङमा भएको आशंकापछि प्राधिकरण प्रमुखको राजीनामा « Khabarhub

अस्पताल भवनको ठेक्का सेटिङमा भएको आशंकापछि प्राधिकरण प्रमुखको राजीनामा


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डरमा आर्थिक अनियमितताको शंका उब्जिएपछि प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराम घिमिरेले राजीनामा दिएका छन्।

राजीनामा पत्रमा उनले देशप्रति गद्दार गर्नुभन्दा मान्छे भएर बस्ने उल्लेख गरेका छन्। सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान भएको थियो। राजीनामा दिनुअघि उनले टेण्डर प्रक्रिया रद्द गरेका छन्। करिव ६ अर्व रुपैयाँ लागतको यो भवनका लागि खरीद ऐन विपरित टेण्डर आह्वान भएको खुलेपछि आर्थिक अनियमितताको आशंका उव्जिएको हो।

प्राधिकरणका प्रमुख घिमिरेले राजीनामा दिएपछि टेण्डरमा अनियमितता भएको आशंकामा थप बल पुगेको छ। घिमिरेलाई मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष योजनाका साथ प्राधिकरण प्रमुखमा नियुक्त गरेका थिए।

प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणका लागि टेण्डर आह्वान गर्दा सेटिङ मिलाएर गरेको निर्माण व्यवसायीहरुले आरोप लगाएका थिए। यसका लागि प्राधिकरणले दुईवटा निर्माण व्यवसायी कम्पनी बाहेक अरुले प्रतिष्पर्धा गर्नै नपाउने गरी स्पेसिफिकेशन गरिएको थियो। निर्माण व्यवसायी महासंघले प्राधिकरणले सटिङ गरेर टेण्डर आह्वान गरेको र यसमा ठूलो आर्थिक चलखेल हुन सक्ने आशंका गरेको थियो। यसका विरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा परेको थियो भने अख्तियारमा पनि छानविनका लागि उजुरीहरु परेका थिए।

टेण्डर रद्द गरिएको र राजीनामा दिएकोबारे प्राधिकरण प्रमुख घिमिरे सम्पर्कमा आउन चाहेनन्। प्राधिकरणका प्राविधिक इन्जिनियर गिरिराज पौडेलले करिव पाँच अर्व रुपैयाँ लागतको टेण्डर आह्वान गरेको भएपनि सीमित निर्माण कम्पनी छनोट हुँदा राज्यलाई आर्थिक भार बढी पर्ने भएकोले टेण्डर रद्द गरिएको बताए। सार्वजनिक खरीद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम टेण्डर रद्द गरिएको पौडेलले जानकारी दिए।

राजीनामा पत्रमा घिमिरेले ७०० करोडको ठेक्कामा प्रतिष्पर्धा हुँदा र नहुँदा राज्यलाई करिव १५० करोडको क्षति हुनसक्ने अनुमानसहित अस्पतालको टेण्डर रद्द गरेको बताएका छन्। प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार रमेश शर्माको शर्मा र रसुवा जेभीले बाहेक अन्यले प्रतिष्पर्धामा भाग लिन पाउँदैनथे। प्राधिकरणले गत फागुन २ गते अस्पतालको भवन निर्माणका लागि टेण्डर आह्वान गरेको थियो।

ठेक्कामा एउटा मात्रै कम्पनी छनोट हुने अवस्था रहेको संकेत गर्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले नमूना बोलपत्रको प्रावधान विपरित ठेक्का नलगाउन प्राधिकरणलाई ध्यानाकर्षणपत्र नै पठाएको थियो।

प्राधिकरणले विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा दुई हजार वर्गमिटरभन्दा बढीको दुई तले बेसमेन्ट बनाएको अनुभव मागेको थियो। यदि नेपाली कम्पनी एक्लै प्रतिष्पर्धा गर्ने भए ६ हजार वर्गमिटरमा दुई तले बेसमेन्ट निर्माण गरेको अनुभव मागेको थियो।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : २६ बजे

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो

कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी

जनभावनालाई प्राथमिकता दिन विभागीय प्रमुखलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता

रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका