अस्पताल भवनको ठेक्का सेटिङमा भएको आशंकापछि प्राधिकरण प्रमुखको राजीनामा « Khabarhub

अस्पताल भवनको ठेक्का सेटिङमा भएको आशंकापछि प्राधिकरण प्रमुखको राजीनामा


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डरमा आर्थिक अनियमितताको शंका उब्जिएपछि प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराम घिमिरेले राजीनामा दिएका छन्।

राजीनामा पत्रमा उनले देशप्रति गद्दार गर्नुभन्दा मान्छे भएर बस्ने उल्लेख गरेका छन्। सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान भएको थियो। राजीनामा दिनुअघि उनले टेण्डर प्रक्रिया रद्द गरेका छन्। करिव ६ अर्व रुपैयाँ लागतको यो भवनका लागि खरीद ऐन विपरित टेण्डर आह्वान भएको खुलेपछि आर्थिक अनियमितताको आशंका उव्जिएको हो।

प्राधिकरणका प्रमुख घिमिरेले राजीनामा दिएपछि टेण्डरमा अनियमितता भएको आशंकामा थप बल पुगेको छ। घिमिरेलाई मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष योजनाका साथ प्राधिकरण प्रमुखमा नियुक्त गरेका थिए।

प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणका लागि टेण्डर आह्वान गर्दा सेटिङ मिलाएर गरेको निर्माण व्यवसायीहरुले आरोप लगाएका थिए। यसका लागि प्राधिकरणले दुईवटा निर्माण व्यवसायी कम्पनी बाहेक अरुले प्रतिष्पर्धा गर्नै नपाउने गरी स्पेसिफिकेशन गरिएको थियो। निर्माण व्यवसायी महासंघले प्राधिकरणले सटिङ गरेर टेण्डर आह्वान गरेको र यसमा ठूलो आर्थिक चलखेल हुन सक्ने आशंका गरेको थियो। यसका विरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा परेको थियो भने अख्तियारमा पनि छानविनका लागि उजुरीहरु परेका थिए।

टेण्डर रद्द गरिएको र राजीनामा दिएकोबारे प्राधिकरण प्रमुख घिमिरे सम्पर्कमा आउन चाहेनन्। प्राधिकरणका प्राविधिक इन्जिनियर गिरिराज पौडेलले करिव पाँच अर्व रुपैयाँ लागतको टेण्डर आह्वान गरेको भएपनि सीमित निर्माण कम्पनी छनोट हुँदा राज्यलाई आर्थिक भार बढी पर्ने भएकोले टेण्डर रद्द गरिएको बताए। सार्वजनिक खरीद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम टेण्डर रद्द गरिएको पौडेलले जानकारी दिए।

राजीनामा पत्रमा घिमिरेले ७०० करोडको ठेक्कामा प्रतिष्पर्धा हुँदा र नहुँदा राज्यलाई करिव १५० करोडको क्षति हुनसक्ने अनुमानसहित अस्पतालको टेण्डर रद्द गरेको बताएका छन्। प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार रमेश शर्माको शर्मा र रसुवा जेभीले बाहेक अन्यले प्रतिष्पर्धामा भाग लिन पाउँदैनथे। प्राधिकरणले गत फागुन २ गते अस्पतालको भवन निर्माणका लागि टेण्डर आह्वान गरेको थियो।

ठेक्कामा एउटा मात्रै कम्पनी छनोट हुने अवस्था रहेको संकेत गर्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले नमूना बोलपत्रको प्रावधान विपरित ठेक्का नलगाउन प्राधिकरणलाई ध्यानाकर्षणपत्र नै पठाएको थियो।

प्राधिकरणले विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा दुई हजार वर्गमिटरभन्दा बढीको दुई तले बेसमेन्ट बनाएको अनुभव मागेको थियो। यदि नेपाली कम्पनी एक्लै प्रतिष्पर्धा गर्ने भए ६ हजार वर्गमिटरमा दुई तले बेसमेन्ट निर्माण गरेको अनुभव मागेको थियो।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : २६ बजे

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ