बिमस्टेकमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का श्रीलंकामा « Khabarhub

बिमस्टेकमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का श्रीलंकामा


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का श्रीलंका पुगेका छन् ।

औपचारिक रुपमा बुधबार सुरु हुने बिमस्टेक सम्मेलन उद्घा‍टन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खड्का कोलोम्बो पुगेका हुन् ।

बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने उक्त सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिमस्टेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : २४ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु