‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको छ : नेता सिंह « Khabarhub

‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको छ : नेता सिंह


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसकाे नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका छन्।

घर घरमा जाऔँ काँग्रेस जिताऔँ अभियान अन्तर्गत आज राजधानीकाे थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले घरघर जाऔं काँग्रेस जिताऔं अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका हुन् ।

२०४६ काे परिवर्तन पछि मुलुककाे विकास जसरी हुनु पर्ने हाे त्याे हुन नसक्नुकाे मुख्य बाधक नेकपा एमाले भएको आरोपसमेत लगाए । नारा दिने तर काम नगर्ने पार्टी कम्यूनिष्टहरु भएको कुरा लिएर जनतासामु पुग्नु पर्ने आवश्यकता रहेको उनले औँल्याए । त्यस्तै जनताकाे घरघरमा पुग्दा सालिनता र नम्र व्यवहार देखाउन समेत कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

पार्टीका गतिविधि कागजमा मात्र सिमित नगरी पारदर्शिता अपनाउन समेत आग्रह गरेका छन्। कार्यक्रममा बाेल्दै केन्द्रीय प्रतिनिधि तथा काँग्रेस केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले काठमाडौँकाे संगठन बलियाे भयाे भने देशभरकाे संगठन बलियाे हुने भन्दै अब काठमाडौँले नै मुलुक काे नेतृत्व गर्ने अवसर आउने भएकाले याे अवसर नगुमाउन पनि आग्रह गरे।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ४१ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते