‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको छ : नेता सिंह « Khabarhub

‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको छ : नेता सिंह


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसकाे नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका छन्।

घर घरमा जाऔँ काँग्रेस जिताऔँ अभियान अन्तर्गत आज राजधानीकाे थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले घरघर जाऔं काँग्रेस जिताऔं अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका हुन् ।

२०४६ काे परिवर्तन पछि मुलुककाे विकास जसरी हुनु पर्ने हाे त्याे हुन नसक्नुकाे मुख्य बाधक नेकपा एमाले भएको आरोपसमेत लगाए । नारा दिने तर काम नगर्ने पार्टी कम्यूनिष्टहरु भएको कुरा लिएर जनतासामु पुग्नु पर्ने आवश्यकता रहेको उनले औँल्याए । त्यस्तै जनताकाे घरघरमा पुग्दा सालिनता र नम्र व्यवहार देखाउन समेत कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

पार्टीका गतिविधि कागजमा मात्र सिमित नगरी पारदर्शिता अपनाउन समेत आग्रह गरेका छन्। कार्यक्रममा बाेल्दै केन्द्रीय प्रतिनिधि तथा काँग्रेस केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले काठमाडौँकाे संगठन बलियाे भयाे भने देशभरकाे संगठन बलियाे हुने भन्दै अब काठमाडौँले नै मुलुक काे नेतृत्व गर्ने अवसर आउने भएकाले याे अवसर नगुमाउन पनि आग्रह गरे।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ४१ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो