भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने- 'यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्' | Khabarhub Khabarhub

भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने- ‘यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्’


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । साे क्रममा उनले बहुउदेश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दाबी गरे । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइको छ ।

टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनपर्ने बताए । उनकाे दाबी थियाे, ‘भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ ।’ उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेकाे बताए । उनले भनेु, ‘यसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले याे क्षेत्रकाे विकासमा सहयाेग पुगाेस् ।’

यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइराख्नुपर्ने उनको भनाइ छ । ‘अरु यस्ता नयाँनयाँ कार्यहरू, नयाँ कार्य भन्नाले भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन् । आवश्यकताअनुसार भ्यु टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् । विकासलाई जसरी तपाईंहरू लाग्नु भएको छ यो अत्यन्तै खुशीको कुरा हो ।’ ओलीले भने ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १ : ०५ बजे

स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन