भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने- एमाले सरकारको विकास देखेर विरोधीहरू छटपटाए (भिडियो) « Khabarhub

भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने- एमाले सरकारको विकास देखेर विरोधीहरू छटपटाए (भिडियो)


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले अघि सारेका विकास पूर्वाधार पूर्णबन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगर वन वाटिकामा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावरको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘‘एमालेको सरकार बन्दैनथ्यो भने भ्यूटावर राख्ने सोंच आउँदैनथ्यो, यत्तिको विकास गर्ने सोंच आउने थिएन,’ उनले भने, ‘विकास गर्नुपर्छ हाम्रै पालामा हुनसक्छ भनेर अभियान अघि सारेका छौं, यसले देशको विकासको चिन्तनमै फरक ल्याएको छ।’

ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका छन् ।

आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला सरकारनै परिवर्तन भएको दाबी गरे । आफूपछिको परमादेशका आधारमा बनेको गठबन्धन सरकारले आयोगनै खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको भनाइ छ । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाएको पनि दाबी गरे । ‘आयोग खारेज गरेर पुर्जा वितरणको लागि मैंले ठिक्क पारेको फाइल यो सरकारले लुकाएको छ,’ उनले भने । एमाले अध्यक्ष ओलीले लुकाइएको फाइल खोज्न प्रधानमन्त्री देउवा दिल्ली जान लागेको टिप्पणी पनि गरेका छन् ।

तिलोत्तमा नगरपालिकाले सुरू गरेको जमिन खेर नफाल्ने नीतिको प्रशंसा गर्दै उनले भने, ‘कृषि उत्पादन र आत्मनिर्भरमा तपाईहरुले गरेको काम उत्कृष्ट लागेको छ, अब आयात रोक्ने गरी योजना बनाउनुस् । खाद्यान्नमा आत्मनिर्भर भए समृद्धिका मुख्य आधार हुन् जुन तिलोत्तमाले सुरू गरेको छ ।’

पर्यटकीय योजनाबाट समृद्धिका आधारहरु तय हुने बताउँदै एमाले अध्यक्ष ओली भने, ‘पर्यटकीय गन्तव्यलाई विशेष योजना बनाउन सकिन्छ, संसारमा केही नभएका देशहरुले कृतिम वस्तु बनाएर पर्यटकीय क्षेत्र बनाएर आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् अब यसमा हामीले ध्यान दिनुपर्‍यो । उनीहरुसँग बुद्धस्थल छैन, सगरमाथा छैन, हिमाल छैन, तालतलैया छैन, पहाडका श्रृखंला छैनन्, रुख छैनन् तर पर्यटकको ओइरो छ, हामीले अब योजनाबद्ध बनाएर जाऔं ।’

आफ्नै जीवनकालमा आफैसँग भएका स्रोतसाधन प्रयोग गरे विकासको लहर बनाउनुपर्ने भन्दै ओलीले भने, ‘हिमाललाई हामीले फोहोर नगरे मात्र हुन्छ, अब हाम्रो भान्सामा विषादियुक्त खाना नपुगोस्, भन्ने अठोट गर्नुहोस् अब यसमा ध्यान दिऔं, चिन्तनमै फरक ल्यायौं ।’

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १ : ४२ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८