दुई पक्षबीच तनावपछि विवेकशील साझाको केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द | Khabarhub Khabarhub

दुई पक्षबीच तनावपछि विवेकशील साझाको केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीको दुई पक्षबीच विवाद बढ्दै गएपछि पार्टीको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

मंगलबार पार्टी कार्यालयमा दुईपक्षको विवाद उत्कर्षमा पुगेपछि पार्टी कार्यालय बन्द गरिएको हो । पार्टी कार्यालयमा संगठन विभाग प्रमुख निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न लागेको अवस्थामा अर्को पक्षले अवरोध गरेको थियो । यसअघि सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रविन्द्र मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाडिएको थियो ।

विवेकशीलका असन्तुष्ट नेता सिलवालले पार्टीभित्र भएका अन्यायका विषय राख्न खोज्दा रोक्न खोजिएको बताए। उनले पार्टी भित्र अध्यक्ष मिश्र अल्पमतमा परेको र हस्ताक्षर सहित आफूहरुले निर्वाचन आयोगमा जानकारी गराएको दाबी गरे। उनले पार्टीलाई कुनैपनि हालतमा राप्रपाकरण हुन नदिने स्पष्ट पारे।

त्यस्तै संस्थापन पक्षका नेता सरदराज पाठकले पार्टीको शुभकामना आदान प्रदान कार्यक्रमलाई बिथोल्न अर्को पक्षले पत्रकार स्म्मेलन गर्न खोजेपछि विवाद भएको बताए। पार्टीको विधि विधान नमान्ने पक्षले तनाव सिर्जना गर्न खोजेको आरोप उनले लगाए। आफू अनुकुलको निर्णय गराउन नसक्दा अर्को पक्षले अनावश्यक विकृति उत्पन्न गर्न खोजेको धारणा राखे।

विवाद पछि पार्टीले सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको जनाएको छ । दुईपक्षको विवादलाई मध्यनजर गर्दै पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ३२ बजे

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही