इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव | Khabarhub Khabarhub

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा विपक्षी नेता शहबाज शरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । उनको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् ।

‘यस सदनको विश्वास गुमाएपछि प्रधानमन्त्री पदमा रहनुहुन्न’ अविश्वास प्रस्तावमाथि बोल्दै शरिफले भने ।

विपक्षी सांसदहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले खानको गठबन्धनका साझेदारहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । सत्ता गठबन्धनका केही सदस्यहरू खानको विपक्षमा उभिन सक्ने चर्चा समेत रहेको पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

३ सय ४२ सिट रहेको तल्लो सदनमा खान सरकारलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले जनाएका छन् । यसअघि गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता हुने कार्यक्रम थियो । यद्यपि हालैका दिनहरुमा केही संसाद् एवम् शीर्षस्थ नेताको मृत्यु भएपछि शोक मनाएर शुक्रबारको बैठक स्थगित गरिएको थियो । 

अविश्वासको प्रस्तावमाथि बिहीबारबाट बहस सुरु हुने र सात दिनभित्र मतदान हुने डनले जनाएको छ । पछिल्लो घटनाक्रमलाई पूर्व क्रिकेटर समेत रहेका इमरान खानको राजनीतिक जीवनको सबैभन्दा कठिन चुनौतीका रुपमा हेरिएको छ । 

राजनीतिक संकटबीच आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने भए त्यसअघि नै खानले पदबाट राजीनामा दिन सक्ने चर्चा समेत रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, खानले भने आफू नेतृत्वको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र अन्य राजनीतिक दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव विफल पार्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : २५ बजे

प्रेमलाई विवाहमा परिणत गरे नायक सविन र नायिका अनुले

काठमाडौं – नायक सविन श्रेष्ठ र नायिका अनु शाहले विवाह

‘राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा’

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले राष्ट्रियता, भौगोलिक

‘आँबाट आमा’ छायाङ्कन सकेलगत्तै चन्द्रले अर्को फिल्ममा लिए पललाई

काठमाडौं – निर्देशक चन्द्र पन्तले फिल्म ‘आँबाट आमा’को छायाङ्कन सम्पन्न

माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

पोखरा– मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ

रूसमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

एजेन्सी– चालु महिनामा पश्चिमी रूसमा विषाक्त मदिराको सेवनबाट मृत्यु हुनेहरुको