व्यापारिक लालचले कोरोना नियन्त्रणमा आउन सकेनः एम्नेस्टी इन्टरनेसनल « Khabarhub

व्यापारिक लालचले कोरोना नियन्त्रणमा आउन सकेनः एम्नेस्टी इन्टरनेसनल


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पछिल्ला वर्षमा विश्वभर स्वार्थी राष्ट्रवाद र व्यापारिक लालचले गर्दा कोरोना महामारी नियन्त्रणमा आउन नसकेको जनाएको छ ।

एम्नेस्टीले मंगलबार सार्वजनिक गरेको ‘एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२१/२२ः विश्वको मानवअधिकार अवस्था’ प्रतिवेदनमा ठूला कर्पोरेटहरूसँग मिलेर राष्ट्रहरूले विश्वव्यापी रूपमा रहेको असमानतालाई झन् गहिरो बनाएको उल्लेख छ ।

‘सन् २०२१ कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण भइसकेको वर्ष हुनुपथ्र्यो । तर यो गहिरो असमानता र झन् अस्थिरतालाई बढावा दिने बर्ष बन्यो र यसको असर आउँदा वर्षहरूमा रहिरहनेछ,’ एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामाईले भनिन् ।

कोरोना महामारीले गरेको क्षतिलाई कम गर्न गरेको वाचाहरू तोड्दै राजनीतिक नेता तथा ठूला कर्पोरेटहरूले मानिसको जीवनभन्दा मुनाफा र शक्तिलाई प्राथमिकता दिएको आरोप एम्नेस्टीले लगाएको छ ।

‘एक पछि अर्को नेतृत्वले जरा गाडेर रहेको असमानतालाई सम्बोधन गर्नका लागि ‘अझ राम्रोसँग पुनर्निर्माण गर्ने’ झुटा वाचा गरे, जसले महामारीको प्रभावलाई अझ गम्भीर बनाएको छ । यसको सट्टामा उनीहरूले ठूला कर्पोरेटहरूसँग मिलेर धोका तथा लालचको कहालीलाग्दो नाटक गरेका छन्,’ कालामाईले भनिन् ।

यसको असर गरिबीको अग्रपंक्तिमा रहेकाहरूलगायत सबैभन्दा बढी सीमान्तकृत समुदायहरूमा परेको प्रतिवेदनमा उल्लेख छ ।

यूरोपेली संघका सदस्य राष्ट्रहरू, बेलायत र अमेरिका जस्ता धनी राष्ट्रहरूले आवश्यकताभन्दा बढी खोपहरू भण्डारण गरेर गरिव देशका जनतालाई खोपको पहुँचभन्दा बाहिर राखेको एम्नेस्टीले जनाएको छ ।

ठूला औषधी उत्पादक कम्पनीहरूले खोपको व्यापक वितरणका लागि आफ्ना प्रविधिहरू साझेदारी गर्न इन्कार गरेर मानिसको जीवनभन्दा मुनाफालाई प्राथमिकता दिएको प्रतिवेदनमा जनाइएको छ ।

‘सन् २०२१ मा फाइजर, बायोएनटेक र मोडर्नाले ५४ अर्ब अमेरिकी डलर आय प्रक्षेपण गरेका थिए । तर ती कम्पनीहरूले आफूले उत्पादन गरेको खोपको दुई प्रतिशत भन्दा पनि कम मात्र खोप न्यून आय भएका देशहरूमा आपूर्ति गरे,’ प्रतिवेदनमा भनिएको छ ।

सामाजिक सञ्जालहरुले पनि खोपका विषयमा भ्रामक कुरा फैलाएर खोपमैत्री वातावरण बनाउन मद्दत नगरेको आरोप एम्नेस्टीको छ ।

‘फेसबुक, इन्स्टाग्राम र ट्विटर जस्ता सोसल मिडिया कम्पनीहरूले कोभिड–१९ बारे गलत सूचनाको प्रवाह गरी जनमानसमा खोपप्रति हिच्किचाहटको अवस्था सृजना गरे । केही राजनीतिक नेताहरूले पनि आफ्नो राजनीतिक लाभको लागि कोभिड–१९ खोपबारे अविश्वास र डर उत्पन्न गराउनुका साथै भ्रामक जानकारी फैलाउने काम गरे,’ एम्नेस्टीले भनेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ११ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर