भक्तपुरमा साढे सात सय स्टलको नेपालकै ठूलो तरकारी बजार स्थापना « Khabarhub

भक्तपुरमा साढे सात सय स्टलको नेपालकै ठूलो तरकारी बजार स्थापना


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सिपाडोलमा नेपालकै ठूलो तरकारी बजार खुलेको छ ।

बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने तय भएको छ ।

मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । बजारका सञ्चालक राकेशप्रसाद प्रसाईले तरकार बजार उद्घाटनको तयारी पूरा भएको जनाए ।

बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।

सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार सूर्यविनायक नगरपालिका-८ आदर्श सिपाडोल क्षेत्रमा छ । भक्तपुरकै मुख्य सूर्यविनायक चोकनजिकै दक्षिण पूर्वमा यो बजार छ ।

तरकारी बजारको निर्माण कार्य २०७५ फागुनदेखि सुरु गरिएको थियो । बजार अरनिको राजमार्गअन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन बिहान २ देखि बेलुकी ८ बजेमा खुल्ला रहने छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : २९ बजे

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस