शनिबार रेलको उद्घाटन हुने « Khabarhub

शनिबार रेलको उद्घाटन हुने


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कुर्था–जयनगर रेल सेवाको शनिबार उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेलको उद्घाटन गर्न लागेका हुन् ।

उनीहरूले भर्चुअल रूपमा रेल उद्घाटन गर्ने बुझिएको छ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेका बेला रेलको उद्घाटन हुने भएको हो ।

उनी शुक्रबार तीनदिने भ्रमणका लागि भारत जाँदै छन् ।

यसअघि, रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुन १० गतेभित्र रेलको उद्घाटन हुने दाबी गरेका थिए ।

गत वर्ष असोज २ गते भारतबाट नेपाल ल्याइएको रेल करिब १७ महिनासम्म त्यतिकै थन्काएर राखिएको थियो ।

कम्पनीले फागुन १ गतेदेखि एक दिन बिराएर बिनायात्रु (ड्राई रेल) चलाउँदै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : १९ बजे

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको