बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादी पक्राउ


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने स्याङ्जा आधींखोला गाउँपालिका–४ घर भएका ५२ वर्षीय काजी गुरुङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले गत फागुन १ गते बैंकिङ कसूर मुद्दामा उनलाई ६ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँ सामाखुसीबाट उनलाई पक्राउ गरेको हो ।

गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी एभरेष्ट बैंक लिमिटेड गोंगबु काठमाडौँमा रहेको उनको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : २९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना