प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : प्रा. डा. बराल « Khabarhub

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : प्रा. डा. बराल


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल हुने दाबी गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिलेको परिवेशमा प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लाग्नु आफैँमा सुखद् संकेत भएको र अडिएर रहेको दुई देशबीचको सम्बन्धमा गतिशिलता देखिने दाबी गरेका हुन्। उनले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम गर्न नहुने धारणा राखे ।

डा. बरालले नेपाल–भारत सम्बन्ध भन्नेबित्तिकै यसका बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे। भूगोलले पनि नेपालको परराष्ट्र नीतिलाई निर्धारण गरेको उनको भनाइ छ । त्यस्तै बरालले भारतसँगको सन्धि नै असमान रहेको र यसलाई परिवर्तन गर्नुपर्छ भन्नेहरु पनि प्रधानमन्त्री भएर आएको तर उनीहरुले परिवर्तन गर्न नसकेको जिकिर गरे।

बरालले अब नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन स्वतः खारेज भएको सरह रहेको टिप्पणी गरे। अहिलेको परिवेशमा अरु मुलुकको पनि सक्रियता बढेकोले नेपालले पनि आफ्नो रणनीति बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ३९ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर