‘निर्माण होलिडे’ घोषणा गर्न निर्माण व्यवसायी महासंघको माग « Khabarhub

‘निर्माण होलिडे’ घोषणा गर्न निर्माण व्यवसायी महासंघको माग


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री अत्यधिक महँगो भएको भन्दै ‘निर्माण होलिडे’ घोषणा गर्न सरकारसँग माग गरेको छ ।

महासंघको हालै सम्पन्न राष्टिय भेलाका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्री अत्यधिक महँगो भएका कारण लागत पनि बढ्न जाने भएकाले निर्माण होलिडे घोषणा गर्नुपर्ने बताए ।

उनले निर्माण होलिडे घोषणा गर्न नसकिए निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको असर न्यून गर्न आग्रह गरे। अध्यक्ष सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने बताए। निर्माण सामाग्रीमा भएको शतप्रतिशत मूल्य वृद्धिसँगै बजारमा तिनको अभाव र कालोबजारी समेत सुरु भएको अध्यक्ष सिंहले बताए । मूल्यवृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनाहरूमा व्यवसायीले मूल्य वृद्धि पाउने गरी २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मागदर्शन नं.–२ तुरुन्त जारी गर्नु पर्ने उनले बताए।

महासंघले सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौँ संशोधनको त्रुटि सच्याएर मुलुकको निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ३२ बजे

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक

सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने

काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर

कैलालीकाे बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध काठ बरामद

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट

ट्रम्पले भनेः अमेरिकी अर्थतन्त्रलाई इतिहासकै बलियो अवस्थामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट