चीनद्वारा डिसेम्बरयता तिब्बतमा रहेका तीन बौद्ध मूर्ति ध्वस्त « Khabarhub

चीनद्वारा डिसेम्बरयता तिब्बतमा रहेका तीन बौद्ध मूर्ति ध्वस्त


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अल्पसङ्ख्यक माथिको दमनका क्रममा चीनले गत डिसेम्बर यता तीनवटा बौद्ध मूर्ति ध्वस्त पारेको खुलासा भएको छ ।

समाचारमा जनाइएअनुसार तिब्बतमा रहेका विभिन्न तीन मूर्तिलाई चीन सरकारले ध्वस्त पारिदिएको हो । यसमध्ये एक मूर्ति ६ वर्ष अघि निर्माण गरिएको तिब्बती बौद्ध गुरु पद्मसम्भवको रहेको तिब्बत प्रेसले जनाएको छ ।

यसबाहेक चीनले जनवरी महिनाको सुरुवातमा ड्रागो भन्ने स्थानको गुम्बामा रहेको अग्लो मूर्ति पनि ध्वस्त पारेको रेडियो फ्री एसियाले जनाएको छ । त्यसको केही सातापछि त्यस ठाउँबाट ९ सय मिटर टाढा रहेको अर्को ९९ फिट अग्लो मूर्ति पनि ध्वस्त पारेको जनाइएको छ ।

तिब्बत प्रेसले जनाएअनुसार चीनले सांस्कृतिक क्रान्तिलाई पुनर्ताजगी गर्न यस्ता किसिमका गतिविधिलाई निरन्तरता दिँदै आएको छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको तिब्बती बौद्ध धर्मलाई ‘चिनियाँकरण’ गर्ने नीतिअनुसार यस्ता गतिविधि सञ्चालित रहेको तिब्बत प्रेसको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ३७ बजे

सुनिताले गोविन्दालाई एक सर्तमा माफी दिने संकेत

काठमाडौं– बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको सम्बन्ध

मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले

रुखमा बाँधेर, खोरमा थुनेर काम गराउने बालेनको भनाइप्रति सिंहले जनाए आपत्ति

काठमाडौं– बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धनगढीमा आयोजित चुनावी सभामा

मधेसका प्रदेश प्रमुख कर्णद्वारा प्रजातन्त्र दिवसको शुभकामना

महेन्द्रनगर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५ औँ राष्ट्रिय प्रजातन्त्र

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

एजेन्सी– चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण विस्फोटले