चीनद्वारा डिसेम्बरयता तिब्बतमा रहेका तीन बौद्ध मूर्ति ध्वस्त « Khabarhub

चीनद्वारा डिसेम्बरयता तिब्बतमा रहेका तीन बौद्ध मूर्ति ध्वस्त


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अल्पसङ्ख्यक माथिको दमनका क्रममा चीनले गत डिसेम्बर यता तीनवटा बौद्ध मूर्ति ध्वस्त पारेको खुलासा भएको छ ।

समाचारमा जनाइएअनुसार तिब्बतमा रहेका विभिन्न तीन मूर्तिलाई चीन सरकारले ध्वस्त पारिदिएको हो । यसमध्ये एक मूर्ति ६ वर्ष अघि निर्माण गरिएको तिब्बती बौद्ध गुरु पद्मसम्भवको रहेको तिब्बत प्रेसले जनाएको छ ।

यसबाहेक चीनले जनवरी महिनाको सुरुवातमा ड्रागो भन्ने स्थानको गुम्बामा रहेको अग्लो मूर्ति पनि ध्वस्त पारेको रेडियो फ्री एसियाले जनाएको छ । त्यसको केही सातापछि त्यस ठाउँबाट ९ सय मिटर टाढा रहेको अर्को ९९ फिट अग्लो मूर्ति पनि ध्वस्त पारेको जनाइएको छ ।

तिब्बत प्रेसले जनाएअनुसार चीनले सांस्कृतिक क्रान्तिलाई पुनर्ताजगी गर्न यस्ता किसिमका गतिविधिलाई निरन्तरता दिँदै आएको छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको तिब्बती बौद्ध धर्मलाई ‘चिनियाँकरण’ गर्ने नीतिअनुसार यस्ता गतिविधि सञ्चालित रहेको तिब्बत प्रेसको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ३७ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको