प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई दोलखामा सम्मान « Khabarhub

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई दोलखामा सम्मान


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई दोलखाको चरिकोटमा सम्मान गरिएको छ ।

पत्रकारितामार्फत लामो समयदेखि जनअधिकारको पक्षमा काम गरेको भन्दै दोलखाको पुरानो र ठूलो शैक्षिक संस्था गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवको दिन पारेर युवा पत्रकार बस्नेतलाई सम्मान गरेको हो ।

प्रमुख अतिथि समाजसेवी एवं क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले दोसल्ला र सम्मानपत्रसहित बस्नेतलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिभन्दा माथि राख्नुपर्ने सुझाव दिए ।

सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धरले क्याम्पसले आजसम्म गरेको प्रगति र भावी योजना समेतबारे जानकारी गराएका थिए ।

काउन्सिल अध्यक्ष बस्नेतको जन्मस्थान समेत दोलखाको भिमेश्वर नगरपालिका–५ विसुन्टोल हो ।

बस्नेतले २०५२ सालमा छलफल साप्ताहिकबाट पत्रकारिता सुरु गरी २०५७ सालमा कान्तिपुर पब्लिकेशनमा प्रवेश गरेका थिए । करिब २० वर्ष कान्तिपुर दैनिकमा सक्रिय पत्रकारिता गरेका बस्नेत ९ महिनाअघि नेपाली मिडिया नियमनकारी निकायको सर्वोच्च पदमा गरेका हुन् ।

त्यसअवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडासहितलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ३६ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको