नेपालसँग धेरै दशक लामो मित्रता चाहन्छौं : अमेरिकी विदेशमन्त्री « Khabarhub

नेपालसँग धेरै दशक लामो मित्रता चाहन्छौं : अमेरिकी विदेशमन्त्री


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन् ।

नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूको लागि तत्पर छौं ।’

उनले नेपालसँग धेरै दशक लामो मित्रताका लागि अमेरिका तयार रहेको बताएका छन् । दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका नेपाल-सम्बन्ध स्थापना भएको थियो ।

सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसपछि नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ५२ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि