ब्राजिलको विजयी अभियानमा मनोचिकित्सकको भूमिका | Khabarhub Khabarhub

ब्राजिलको विजयी अभियानमा मनोचिकित्सकको भूमिका


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् १९५८ को गृष्म ऋतु हुरीबतासको समय। हो यसै समय फुटबलमा आँधी आएको थियो। चार खेलमा ६ गोल, सेमिफाइनलमा दुई गोल अनि फाइनलमा पनि अर्को दुई गोल। साथमा ब्राजिलले जितेको फुटबल उपाधि। स्वीडेन प्रवेश गर्दासम्म विश्व फुटबलका लागि अपरिचित १७ वर्षीय पेले स्टक होमबाट ट्रफीसहित स्टार बनेर फर्किए।

तीनै पेलेले टोलीलाई प्रवेश पाउन कम्ती कठिन थिएन। ब्राजिलको विजयी अभियानमा टोलीका मनोचिकित्सक प्राध्यापक जाभो कार्भालेसको योगदान महत्त्वपूर्ण थियो। तर, पेले भने ती नै कार्भालेसले नरुचाएका खेलाडी थिए। खेलाडीको मानसिक स्वास्थ्यका बारे जानकारी दिने कार्भालेसको टोलीको छनोटमा पनि भूमिका हुन्थ्यो।

पेलेको साइक्रोमेटिक परीक्षा भएपछि उनको बारेमा धेरै शंका गरिएको थियो। यसका बाबजुद पेलेले यी कुरालाई बेवास्ता गरेका थिए ।

पेलेको साइक्रोमेटिक परीक्षा भएपछि उनको बारेमा धेरै शंका गरिएको थियो। यसका बाबजुद पेलेले यी कुरालाई बेवास्ता गरेर खेलीरहे। त्यसको स्मरण गर्दै पेलेले आत्मावृत्तान्तमा भनेका छन्, ‘त्यो कुरा निश्चित समयका लागि मात्र लागु हुनसक्थ्यो होला।’ यो प्रविधि पेलेको हकमा कत्ति एक्युरेट भयो त्यो विवादको विषय हुनसक्छ। तर, युरोपमा यो प्रविधि भित्रनुभन्दा ३० वर्ष अगाडि नै दक्षिण अमेरिकामा यसको प्रयोग हुनु सामान्य कुरा थिएन।

सन् १९५० मा फर्कने हो भने ब्राजिलका लागि मनोचिकित्सकको आवश्यकता थियो। घरेलु फुटबलको मन्दिर मानिने मर्काना रङ्गशालामा भएको सन् १९५० को फाइनलमा ब्राजिल उरुग्वेसँग पराजित भएको थियो। यो हार उनीहरूका लागि असह्य थियो। यसको चार वर्षपछि हंगेरीसँग भएको क्वार्टरफाइनल खेलमा ब्राजिल ४-२ ले पराजित भएको थियो। यो खेललाई ‘ब्याटल अफ बर्न’को उपनामले पनि चिनिन्छ। यसपछि नै ब्राजिलमा मनोचिकित्सकको आवश्यकता महसुस भएको थियो।

सन् १९५० मा फर्कने हो भने ब्राजिलका लागि मनोचिकित्सकको आवश्यकता थियो। घरेलु फुटबलको मन्दिर मानिने मर्काना रङ्गशालामा भएको सन् १९५० को फाइनलमा ब्राजिल उरुग्वेसँग पराजित भएको थियो। यो हार उनीहरूका लागि असह्य थियो।

सन् १९५७ मा कार्भालेसले रेफ्रीको जागिर छाडेर क्लबको मनोचिकित्सकको काम गर्न थालेका हुन्। उनको प्रयासमा क्लबले साइकोलोजीकल ल्याबोरेटरीको स्थापना गरेको थियो। युरोपमा १९८० को दशकको अन्त्यमा एसी मिलानले सुरु गरेपछि अहिले यो प्रचलन सर्वत्र छ।

त्यस ल्याबमा १० भिन्न परीक्षण हुन्थे। एउटा मुख्य परीक्षण ‘डेप्थ परसेप्सन’को हुने गरेको थियो। स्किललाई हाई लाइट गर्न प्रशिक्षित रेफ्री कै उपस्थितिमा आन्तरिक खेल पनि खेलाउन आवश्यक हुन्थ्यो।

उनले रेफ्री भएको समयमा र नभएको समयमा खेलाडीको खेलमा पर्ने असरको अध्ययन गरेका थिए। त्यसको साँझ उनले पत्रकार र कमेन्टेटर सहितको उपस्थितिमा अभ्यास गराए। कलेजका पूर्वलेक्चर डा. जोसे ब्लाउका बार्डेलाकै अनुसार उनले टच लाइनमा बसेर प्रशिक्षण गराउँदाको अवस्थाको पनि अभ्यास र परीक्षण गरेका थिए।

सावोपावलोको रिजनल काउन्सिल अफ साइकोलोजीले बनाएको डकुमेन्ट्रीलाई हेर्ने हो भने अन्य सबै जना उत्साहित भएर मैदानमा खेली रहेको समयमा कार्भालेस पर कुनामा खल्तीमा हात हालेर एक्लै चुपचाप बसेका हुन्थे।

सन् १९५३ पछि एकै पटक १९५७ मा पहिलो पटक सावोपावलोले प्रान्तीय उपाधि जितेको थियो। यसको श्रेय तीनै कार्भालेसलाई दिइएको थियो। यसपछि नै उनको टोलीको छनोटमा पनि अझ बढी भूमिका हुन थालेको थियो।

क्लब निर्देशक मानुएल रोमुन्डो पायेस डी अल्मेडाका अनुसार कोरिएन्थेससँगको महत्त्वपूर्ण खेलमा नियमित मिडफिल्डर अडेमारलाई हटाएर अर्का मिडफिल्डर सरारालाई मैदानमा उतार्ने निर्णय तीनै मनोचिकित्सकले बुझेको अडेमारको स्टेट अफ माइन्डको कारण थियो।

त्यसको एक वर्षपछि नै उनलाई ब्राजिलियन फुटबल एसोसिएसनबाट बोलावट आएको थियो। उपाध्यक्ष पाउलो मचाडोले विश्वकपलाई लक्षित गर्दै उनलाई टोलीको प्राविधिक समूहमा आबद्ध गराएका थिए। यो अफर नै ब्राजिलियन फुटबलको एउटा सकारात्मक कदम थियो।

ब्राजिलियन टोलीको प्रशिक्षण आफ्नै गतिमा अघि बढीरहेको थियो। यसै समयमा कार्भालेसले केही समय अगाडि सावोपावलोमा प्रयोग गरेको विधि लागू गर्नमै समय खर्चिए। यसपछि बन्द सत्रमा रहेकै समयमा उनले ‘आर्मी अल्फा’ टेस्टको प्रयोग गरेका थिए। यो प्रविधि विश्व युद्धको समयमा अमेरिकाले खोपिया तयार गर्न प्रयोग गर्ने गरेको थियो।

मनोविज्ञानसँग सम्बन्धित यी सबै जाँचको उद्देश्य खेलाडीको एकाग्रताको मापन गर्नका लागि थियो। पछि उनले एउटा डकुमेन्ट तयार गरेका थिए। धेरै सञ्चारमाध्यमसँगको कुराकानीमा उनले ती डकुमेन्ट ब्रिफकेसबाटै हराएको पनि बताएका छन्।

त्यसपछि उनले खेलाडीको ५० महिने परीक्षा लिएर उनीहरूले इन्टलिजेन्स रेटिङ गरेका थिए। त्यसपछि उनले ‘आर्मी बेटा’ अभ्यास गराएका थिए। आधा नक्सा तथा दुई बिन्दुबाट बाटो पत्ता लगाउने लगायतका पजल त्यसमा समावेस गरिएका थिए। मनोविज्ञानसँग सम्बन्धित यी सबै जाँचको उद्देश्य खेलाडीको एकाग्रताको मापन गर्नका लागि थियो। पछि उनले एउटा डकुमेन्ट तयार गरेका थिए। धेरै सञ्चारमाध्यमसँगको कुराकानीमा उनले ती डकुमेन्ट ब्रिफकेसबाटै हराएको पनि बताएका छन्।

ती सबै टेस्टमा स्टार खेलाडी गारिन्चा पनि कमजोर ठहरिएका थिए। धेरैले त उनले टोलीमा स्थान नै गुमाउने अनुमान गरेका थिए। उनी मुस्किलले टोलीमा अटाएका थिए। टोलीसँगै कार्भालेस पनि स्वीडेनको यात्राका लागि तयार भए। टोलीको पर्दा पछाडि कार्भालेसको भूमिका महत्त्वपूर्ण थियो। ‘मायोकायेन्टीक साइकोडाइग्नोसीस’ परीक्षण मार्फत उनले व्यक्तिको चरित्र बुझे। यसै अनुसार उनले सबैलाई सहयोग गरिरहे।

परीक्षण अनुसार सबै खेलाडीलाई एउटा खाली पाना दिइएको थियो। त्यसमा आफूलाई जे मन लाग्छ, त्यहीँ कोर्न भनिएको थियो। यसमा मांसपेशीको उपस्थिति हेरेर व्यक्तिको स्वभाव पत्ता लगाइएको थियो। कसैले पनि प्रयोग नगरेको अनेकौँ विधि प्रयोग गरेका कारण बारम्बार समस्यामा नपरेका होइनन्।

पेलेकै अनुसार कार्भालेसले व्यक्तिको नक्सा बनाएर कोही टोलीमा रहने या नरहने भन्ने कुराको जवाफ पनि दिनु परेको थियो। ‘उनको छनोटमा म परेको थिइन। यसैगरी गारिन्चाको बारेमा पनि उनले नकारात्मक सुझाव दिएका थिए’, पेलेले भने। पेलेकै विचारमा गारिन्चालाई गैर जिम्मेवार ठहर गर्दै टोलीमा नराख्न सुझाव दिएका हुन्।

विश्वकपमा ब्राजिलीयन टोलीको सफलतामा उनको भूमिका मनन गर्दै कार्भालेसको अन्तरवार्ताका लागि संसारका धेरै सञ्चार माध्यम तँछाडमछाड गर्न थाले।

भाग्यवश पेले र गारिन्चाको पक्षमा ब्राजिलियन टोलीका मेनेजर फिन्सेन्टे फेवोलो बलियोसँग प्रस्तुत भए। ‘तपाईं सही हुनसक्नु हुन्छ। तर, तपाईं फुटबलका बारे केही कुरा जान्नु हुन्न। यदि पेलेको घुँडा ठिक भयो भने उसले खेल्छ,’ फेवोलाले भनेको कुरा उद्धृत गर्दै पेलेले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्।

टोलीका गोलरक्षक गिलमारले पनि यसै खाले अन्तरवार्ताको सामना गरेका थिए। तर, प्रतियोगिता पछि गिलमारले ती मनोचिकित्सकका कारण खेल सुधार गर्न धेरै सहयोग भएको स्वीकार गरेका छन्। रक्षक नेल्सन सान्टोसले पनि त्यही समयमा आफूले मैदानमा हाँस्न सिकेको बताएका छन्। यसले खेलमा धेरै असर गरेको उनको अनुभव छ।

ब्राजिलीयन टोलीका केही व्यक्तिले उनकाबारे नकारात्मक टिप्पणी गरेका छन्। यसले उनलाई स्तब्ध पारेको थियो। तर, विश्वकपमा ब्राजिलीयन टोलीको सफलतामा उनको भूमिका मनन गर्दै कार्भालेसको अन्तरवार्ताका लागि संसारका धेरै सञ्चार माध्यम तँछाडमछाड गर्न थाले। ५८ वर्षको उमेरमा सन् १९७६ मा कार्भालेसको निधन भयो। विश्वकपपछि पनि धेरै उपायको पत्ता लगाउन आफूलाई सक्रिय राखेका उनी १९७४ सम्म सावोपावोलोमा आबद्ध थिए।

अहिले संसारको फुटबल धेरै परिष्कृत बनेको छ। खेलकुदमा मनोचिकित्सकको उपस्थिति अनिवार्य जस्तै भएको छ। तर, ब्राजिल एउटा यस्तो देश हो, जसले धेरै अगाडि मनो चिकित्सकको साथमा विश्वकप जितेको थियो।

१९६३ मा उनले ब्राजिलियन बक्सिङ टोलीमा आबद्ध रहेर काम गरेका थिए। यसअघि कोलोमान ग्रिफ्थलाई संसारको पहिलो खेल मनोविज्ञ मानिए पनि कार्भालेसले थुप्रै नयाँ प्रचलन ल्याएका थिए। अहिले मनोविज्ञ राख्ने शैली क्लबसम्म फैलिएको छ। यदि प्रशिक्षक र मनो चिकित्सकसँगै बसेर योजना बनाएमा त्यो धेरै उपयोगी हुने धेरै खेल विज्ञको मत छ।

कोरोना महामारीको कारण सबैभन्दा धेरै असर गर्ने देशमध्य अमेरिका एक हो। यस कारण गएको टोकियो ओलम्पिक अमेरिकाका लागि कठिन थियो। त्यस कठिन परिस्थितिमा टिम युएसएको मनोविश्लेषक पिटर हाब्रेलको भूमिका त्यत्तिकै महत्त्वपूर्ण मानिन्छ। अहिले संसारको फुटबल धेरै परिष्कृत बनेको छ। खेलकुदमा मनोचिकित्सकको उपस्थिति अनिवार्य जस्तै भएको छ। तर, ब्राजिल एउटा यस्तो देश हो, जसले धेरै अगाडि मनो चिकित्सकको साथमा विश्वकप जितेको थियो। श्रोतः बीबीसी, ओम्पिक्सडटकम

कार्भालेस नयाँ शैलीको बारे प्रशिक्षकसँग। तस्बिरः बीबीसी

विश्वकप उपाधि जिते पछि खुसीयाली मनाउँदै ब्राजिलियन टोली। तस्बिरः बीबीसी

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ०५ बजे

दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै

दाङ– दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण

गुपचुपमै अनुमोदन गरियो कांग्रेस–एमाले सहमति

काठमाडौं– प्रतिनिधिसभाका दुई ठूला दलबीच नयाँ सत्ता समीकरणका लागि सात

सर्केगामा बिलबिना ७३ लाख बढी भुक्तानी

हुम्ला– जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा रु ७३

अन्योलकै भुमरीमा बुढीगण्डकी आयोजना, कहिले टुङ्गिएला लगानी मोडालिटी ?

काठमाडौं– प्रस्तावित १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण पुनः

पानी परेको बेला एसी चलाउन कत्तिको सुरक्षित  ? 

काठमाडौं– गर्मीमा एसीको चिसो हावाबाट सबैले ठूलो राहत पाउँछन् । गर्मीको