वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता « Khabarhub

वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए । वातावरणीय परीक्षणबाट अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्नसक्ने सम्भावित वातावरणीय प्रभावका पहिचान, सम्भावना र विश्लेषण गर्नेछ ।

प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रित हुने र यस कार्यले परियोजना वा अस्पताल क्षेत्र तथा यसको वरपरका समुदायलाई पर्यावरणीय स्रोत, सामाजिक–आर्थिक र स्वास्थ्य लाभमा सुधार पहुँच गर्नसमेत मद्दत पुग्ने विश्वास लिइएको छ । वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन चार महिनाभित्र पूरा गर्नुपर्ने छ ।

पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा बृहत् योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकाले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालनको तयारी गरिरहेको ढकालले बताए। छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १०० शय्याको अस्पतालको रूपमा प्रयोग गर्ने योजनास्वरूप विश्वविद्यालयले बोलपत्र आह्वान गरिसकेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : २५ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल