ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र « Khabarhub

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो ।

मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखेको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७७ माघमा काम सकिनुपर्ने थियो ।

मङ्गलाघाटको तल्लो बजार क्षेत्रमा करिब २०० मिटर सडक ढलान २०७५ साउनमै गरिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि रोहन श्रेष्ठले मङ्गलाघाटमा कालोपत्र गरिसकेको र केही दिनमा हाँडेभिरदेखि बगरफाँटतर्फको सडक पनि कालोपत्र गरिने बताए । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको आयोजनामा व्यवसायीको लापरबाही र ढिलासुस्ती रहेको मङ्गलाघाटवासी सुवासकुमार श्रेष्ठले जनाए। सडक कालोपत्र नहुँदा मङ्गलाघाटका बासिन्दालाई हिलो र धुलोले सास्ती भएको थियो । कालोपत्रसँगै हिलो र धुलोको समस्या हटेको छ ।

साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको भन्दै मङ्गलाघाटका बासिन्दाले गत वर्ष आन्दोलन नै गरेका थिए । हाडेभिर–बगरफाँट भकिम्ली, सिंगा र बरङ्जालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले कोरोना महामारी र निषेधाज्ञाका कारण पटकपटक प्रयास गर्दा पनि काम गर्न नपाउँदा ढिलाइ भएको बताए । उनले सडक निर्माण र कालोपत्र गरे पनि सम्बद्ध कार्यालयले बजेट विनियोजन नगरेको हुँदा समस्या भएको बताए ।

अक्सपाल्ट प्रविधिको कालोपत्रेका लागि गर्मी मौसम आवश्यक पर्छ । चिसोमा काम गर्न गाह्रो हुन्छ । यसअघिको दुई वर्षको गर्मीयाममा कालोपत्रको तयारी गर्दा कोरोना महामारी फैलिएपछि रोकिएको थियो । हाँडेभिरदेखि बगरफाँटसम्म नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम ससम्पन्न भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : ३० बजे

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण