रसुवामा उम्मेदवारविरुद्ध परेका सबै उजुरी रद्द | Khabarhub Khabarhub

रसुवामा उम्मेदवारविरुद्ध परेका सबै उजुरी रद्द


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – स्थानीय तहको निर्वाचनमा रसुवाका उम्मेदवारविरुद्ध परेका सबै उजुरी रद्द भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार छानबिन पश्चात् उजुरी रद्द गरिएको हो ।

जिल्लामा मनोनयन दर्ता गरेका ८ जनाविरुद्ध उजुरी परेको थियो । जिल्लाको आमाछोदिङ्मोमा अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको थियो । आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति साद लुइटेलका अनुसार एमालेका उम्मेदवारविरुद्ध कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले तथा कांग्रेसका उम्मेदवारविरुद्ध एमालेलेका उम्मेदवारले उजुरी दिएका थिए ।

तीन वटा सदस्य पदका लागि पनि उजुरी परेको थियो । ‘तीन सदस्य उम्मेदवारविरुद्ध पनि ३ वटा उजुरी आएको थियो,’ उनले भने, ‘यी पनि रद्ध भएका छन् । गोसाइँकुण्ड गाउँपालिका-१ का वडाध्यक्षका उम्मेदवारविरुद्ध स्वतन्त्रका उम्मेदवारले उजुरी हालेका थिए ।

कांग्रेसबाट उम्मेदवारी बनेकाविरुद्ध आफू कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको थियो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार उनले राजीनामा दिएको पत्र बुझाएपछि उक्त उजुरी रद्द भएको हो ।

उत्तरगया गाउँपालिका दलित महिला सदस्यविरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको थियो।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : ०२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस