सातै प्रदेशमा गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि « Khabarhub

सातै प्रदेशमा गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई  गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् ।

संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा) सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ ।

सोमबार (१९ वैशाखमा) लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको कास्कीमा तथा मंगलबार (२० वैशाखमा) प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा हुने भएको छ ।

बुधबार (२१ वैशाखमा) भने संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशको काठमाडौँमा संयुक्त चुनावी सभा हुने भएको हो ।

यही ८ वैशाखमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धन दलहरूको आन्तरिक तयारी तथा अनुगमन गर्ने संयन्त्रको बैठकले संयुक्त चुनावी सभाको कार्यतालिका तय गरेको थियो ।

गठबन्धन दलहरूले अधिकांश ठाउँमा निर्वाचनमा तालमेल गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : १२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने