ट्राफिक जरिवाना अब क्युआर कोर्डमार्फत « Khabarhub

ट्राफिक जरिवाना अब क्युआर कोर्डमार्फत


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यकामा ट्राफिक जरिवना ‘क्यूआर कोड’ मार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि ‘क्यूआर स्क्यान पे फाइन एण्ड विथ्ड डकुमेन्ट’ सुविधा शुरु गरेको हो।

बिहीबार कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र कुमारी बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले आरम्भ गरे।

सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक पुग्न वा नगद बोकेर घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए। ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, हुने उनको भनाइ छ।

कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले यो व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको बताए।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ११ : ४० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति