फ्राइडे रिलिज : हलमा ‘मन्त्र’  « Khabarhub

फ्राइडे रिलिज : हलमा ‘मन्त्र’ 


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘मन्त्र’ आजबाट प्रदर्शनमा आएको छ । हिमाली प्रेम कथा भनिएको फिल्म ‘मन्त्र’ ले प्रदर्शन अगावै गरेको प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुलिसकेको छ । 

अर्गानिक फिल्म, हिमाली सुन्दरता, पोख्त अभिनयले मन जितेको फिल्म हेर्न पुगेका फिल्मकर्मीले प्रतिक्रिया दिएका थिए । प्रदर्शकबाट न्यून शो पाएको फिल्ममा सौगात मल्ल, दीया पुन, बुद्धि तामाङको मुख्य भूमिका छ ।

फिल्ममा सौगात र दीयाको माया तथा सौगात र बुद्धिको मित्रतामा केन्द्रित छ । प्रिमियरमा सकारात्मक शो पाउँदा पनि प्रदर्शकहरुले फिल्मलाई उत्साह हुने किसिमको शो दिएका छैनन् । पछिल्लो केही समय यता स्वदेशी फिल्मलाई प्रदर्शकले मितव्ययी व्यवहार नगर्ने गुनासो बढ्न थालेको छ । यसको उदाहरण ‘मन्त्र’ फिल्म समेत हो । 

फिल्मको कुराकानी गर्ने हो भने सौगातले आफूलाई हिमाल मन पर्ने बताएका छन् । तराईमा जन्मिएको भएता पनि पहिलोपटक फिल्म ’कागबेनी’ छायांकनको लागि हिमाल पुगेका सौगातले त्यसयता आफूलाई हिमालले तानेको बताए । ‘म फुर्सद हुँदा पनि हिमालमा घुमघाम गर्न रुचाउँछु । हिमाल र त्यहाँको सुन्दरतामा छुटै आनन्द छ’ सौगातले भेटघाटमा भने । 

फिल्ममा उनले हिमाली भेगको एक पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्म ‘मन्त्र’ मा उनले मनास्लुको काखमा रहेकोको गाउँमा झन्डै २५ दिन बिताएका थिए । सौगात झैँ फिल्मका अर्का पात्र बुद्धि तामाङले पनि हिमाली सुन्दरताले आँखालाई शीतलता दिने बताए । ’फिल्मको कथाले मन छुन्छ र आँखालाई दृश्यले शितलता दिन्छ’ बुद्धिले भने । 

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । डिभाइन इन्टरटेनमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउनेछन् । गोर्खा जिल्लाको चुमनुब्री सामागाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका रमणीय दृश्यहरू कैद गरिएको छ।

यसमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । 

फिल्मलाई मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १२ : २८ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक