फ्राइडे रिलिज : हलमा 'मन्त्र'  | Khabarhub Khabarhub

फ्राइडे रिलिज : हलमा ‘मन्त्र’ 


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘मन्त्र’ आजबाट प्रदर्शनमा आएको छ । हिमाली प्रेम कथा भनिएको फिल्म ‘मन्त्र’ ले प्रदर्शन अगावै गरेको प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुलिसकेको छ । 

अर्गानिक फिल्म, हिमाली सुन्दरता, पोख्त अभिनयले मन जितेको फिल्म हेर्न पुगेका फिल्मकर्मीले प्रतिक्रिया दिएका थिए । प्रदर्शकबाट न्यून शो पाएको फिल्ममा सौगात मल्ल, दीया पुन, बुद्धि तामाङको मुख्य भूमिका छ ।

फिल्ममा सौगात र दीयाको माया तथा सौगात र बुद्धिको मित्रतामा केन्द्रित छ । प्रिमियरमा सकारात्मक शो पाउँदा पनि प्रदर्शकहरुले फिल्मलाई उत्साह हुने किसिमको शो दिएका छैनन् । पछिल्लो केही समय यता स्वदेशी फिल्मलाई प्रदर्शकले मितव्ययी व्यवहार नगर्ने गुनासो बढ्न थालेको छ । यसको उदाहरण ‘मन्त्र’ फिल्म समेत हो । 

फिल्मको कुराकानी गर्ने हो भने सौगातले आफूलाई हिमाल मन पर्ने बताएका छन् । तराईमा जन्मिएको भएता पनि पहिलोपटक फिल्म ’कागबेनी’ छायांकनको लागि हिमाल पुगेका सौगातले त्यसयता आफूलाई हिमालले तानेको बताए । ‘म फुर्सद हुँदा पनि हिमालमा घुमघाम गर्न रुचाउँछु । हिमाल र त्यहाँको सुन्दरतामा छुटै आनन्द छ’ सौगातले भेटघाटमा भने । 

फिल्ममा उनले हिमाली भेगको एक पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्म ‘मन्त्र’ मा उनले मनास्लुको काखमा रहेकोको गाउँमा झन्डै २५ दिन बिताएका थिए । सौगात झैँ फिल्मका अर्का पात्र बुद्धि तामाङले पनि हिमाली सुन्दरताले आँखालाई शीतलता दिने बताए । ’फिल्मको कथाले मन छुन्छ र आँखालाई दृश्यले शितलता दिन्छ’ बुद्धिले भने । 

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । डिभाइन इन्टरटेनमेन्टडि.एस प्रोडक्सनको सहकार्य रहेको फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउनेछन् । गोर्खा जिल्लाको चुमनुब्री सामागाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका रमणीय दृश्यहरू कैद गरिएको छ।

यसमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । 

फिल्मलाई मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १२ : २८ बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका