राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण जारी रहँदा किभमा रकेट आक्रमण « Khabarhub

राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण जारी रहँदा किभमा रकेट आक्रमण


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युक्रेनको राजधानी किभको भ्रमण गर्दैगर्दा विष्फोट भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला शान्ति स्थापनाको पहलस्वरुप राष्ट्रसंघ महासचिव किभमा रहेको समयमा त्यहाँ रकेट आक्रमण भएको बताइएको छ ।

किभ शहरका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार राष्ट्रसंघ महासचिव किभमा रहेका बेला शहरको मध्य भागमा रहेको शेभचेन्को क्षेत्रमा रकेट आक्रमण भएका थिए । रकेट आक्रमणबाट तीनजना घाइते भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

यसअघि राष्ट्रसंघ महासचिवले टर्की र रुसको पनि भ्रमण गरेका थिए । रुस र युक्रेनबीच मध्यस्थता गरिरहेको टर्कीमा रहँदा उनले त्यहाँका शीर्षस्थ नेताहरुलाई भेटी युद्ध अन्त्यबारे छलफल गरेको जनाइएको छ ।

त्यस्तै, रुस भ्रमणका क्रममा गुटरेजले त्यहाँका विदेशमन्त्री सर्गेइ लाभ्रोभ र राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ०९ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार