राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण जारी रहँदा किभमा रकेट आक्रमण « Khabarhub

राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण जारी रहँदा किभमा रकेट आक्रमण


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युक्रेनको राजधानी किभको भ्रमण गर्दैगर्दा विष्फोट भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला शान्ति स्थापनाको पहलस्वरुप राष्ट्रसंघ महासचिव किभमा रहेको समयमा त्यहाँ रकेट आक्रमण भएको बताइएको छ ।

किभ शहरका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार राष्ट्रसंघ महासचिव किभमा रहेका बेला शहरको मध्य भागमा रहेको शेभचेन्को क्षेत्रमा रकेट आक्रमण भएका थिए । रकेट आक्रमणबाट तीनजना घाइते भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

यसअघि राष्ट्रसंघ महासचिवले टर्की र रुसको पनि भ्रमण गरेका थिए । रुस र युक्रेनबीच मध्यस्थता गरिरहेको टर्कीमा रहँदा उनले त्यहाँका शीर्षस्थ नेताहरुलाई भेटी युद्ध अन्त्यबारे छलफल गरेको जनाइएको छ ।

त्यस्तै, रुस भ्रमणका क्रममा गुटरेजले त्यहाँका विदेशमन्त्री सर्गेइ लाभ्रोभ र राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ०९ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई