प्रदर्शकको व्यवहारले निराश फिल्मकर्मी  | Khabarhub Khabarhub

प्रदर्शकको व्यवहारले निराश फिल्मकर्मी 


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्देशक सुदर्शन थापाले नेपाली फिल्म नेपालमै प्रदर्शन गर्न कठिन रहेको अनुभव साटेका छन् । ‘नेपाली चलचित्र प्रदर्शनको समस्या र कोरोना महामारीपछिको चलचित्र’ विषयक अन्तरक्रियामा बोल्दै निर्देशक थापाले हल संचालकले समान व्यवहार नगर्ने बताएका छन् । ‘नेपालमा स्वदेशी फिल्मलाई विदेशी फिल्म जत्तिको व्यवहार पनि गरिंदैन। हामीले आफूलाई प्रमाणित पटकपटक गर्नु परेको छ’ निर्देशक थापाले भने । 

उनले विदेशी फिल्मले पहिले मनग्य शो पाउने तर नेपाली फिल्म चलेपछि मात्र शो बढ्ने गरेको समस्या सुनाए । ‘विदेशी फिल्मले शो पाउन केही गर्नै पर्दैन । तर, स्वदेशी फिल्म चल्नु पर्छ। दर्शकको मन जित्ने भएपछि मात्र विदेशी फिल्म झैँ व्यवहार गरिन्छ’ निर्देशक थापाले गुनासो गरे । उनले आफू निर्देशित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ नेपालगंजको एक हलबाट चल्दा चल्दै उतारेको प्रसङ्ग सुनाए । 

‘हाम्रो फिल्मले राम्रो दर्शक पाइ रहेता पनि विदेशी फिल्म आएपछि झिकियो । किनकी प्रदर्शकलाई इनिसियल फिल्मको लोभ छ । तर, त्यो विदेशी फिल्म चल्ने सम्भावना नदेखिएपछि पुनः हाम्रो प्रदर्शनमा ल्याइयो’ निर्देशक थापा भन्छन्,’हामी कहिलेसम्म अप्सनमा मात्र बस्ने ?’ नेपाली फिल्मका लागि अब राज्यले सोच्नै पर्छ ।’ निर्देशक थापाकै कुरामा सहमत सुनिइन् निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा । उनले पछिल्लो केही वर्ष यता आफूले फिल्म निर्देशन नगर्नुको मुख्य कारण प्रदर्शनको सास्ती बताइन्। 

‘फिल्म बनाउन सहज छ । तर, चलाउन निकै गाह्रो । त्यसैले दशक यता फिल्म बनाउने आँट गर्न सकेको छैन’ निर्देशक राणाले भनिन् । उनले ओटीटी लगायतका विकल्प पनि नेपालमा तत्काललाई नरहेको हुँदा प्रदर्शकले नै फिल्मकर्मीलाई उत्साहित बनाउनु पर्ने तर्क सारिन् । निर्देशक थापाले भने नेपाली फिल्मलाई राज्यले संरक्षण नगरे आगामी यात्रा झनै कठिन रहेको विचार राखे । ‘हामीले फिल्म प्रदर्शन गर्ने समयमा भोग्छौँ । नेपाली फिल्मलाई प्रदर्शकले तल्लो दर्जाको व्यवहार गर्ने गरेका छन्’ निर्देशक थापाले भने । 

यस्तो हुनुमा उनले आफू झैँ फिल्मकर्मीको कमजोरी समेत देख्छन् । ‘हिजो मलाई पर्दा अन्य चुप थिएँ । आज अरुलाई पर्दा म चुप छु । हामीले भोगिरहेको पीडा विरुद्धको लडाइ एक्ला एक्लै सम्भव नै छैन । यसका लागि एकजुट हुनुको विकल्प छैन’ निर्देशक थापाले भने । उनले सम्पूर्ण फिल्मकर्मी एक भएर अगाडि बढे मात्र प्रदर्शनमा भोग्ने समस्यालाई कम गर्न सकिने तर्क अगाडि सारे । त्यसो त अब कन्टेन र मेकिङमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ छ । 

कोरोना भाइरसको महामारी पश्चात फिल्म हेर्ने शैलीमा परिवर्तन आएको उनको बुझाइ छ । ‘दर्शक परिवर्तन भइसकेका छन् । तर, हामीले महामारी अगाडि बनेका फिल्म देखाईरहेका छौँ । यद्दपी अब आउने प्रोजेक्टमा हामी पनि सच्चिनु जरुरि छ । हामीले कन्टेन, मेकिङमा मेहनत बढाउनुको विकल्प छैन’ निर्देशक थापाले भने । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले ट्रेलर हेरेकै भरमा फिल्मलाई मुल्यांकन गरिनु मितव्ययी नरहेको बताए । ‘ट्रेलर हेरेर मात्र फिल्मको मुल्यांकन गरिनु हुँदैन। नेपालमा नेपाली फिल्मले हल र शो नपाउने हुन् भने अन्य कहाँ जाने ? हामीले आफ्नै घरमा माग राखेका हौँ’ अध्यक्ष अधिकारीले भने । 

छिमेकी मुलुक चीनमा ठुलो बजार भएता पनि कोटा सिस्टममा मात्र विदेशी फिल्मले प्रदर्शनको इजाजत पाउने उदाहरण दिँदै उनले नेपालमा पनि त्यो आवश्यक हुने बताए । ‘लोकल फिल्मलाई ग्राहयत नदिए कसरी फिल्म मेकर्स बढ्छन् ? के चीनले कोटा लगाउन मिल्छ भने हामीले मिल्दैन ? विदेशी फिल्म रोकेर समस्या समाधान हुदैन । यद्दपी लोकल फिल्मले केही सेवा सुविधा पाउनै पर्छ’ अध्यक्ष अधिकारीले भने । 

अन्तरक्रियामा सहभागी वितरक, प्रदर्शकसँगै फिल्म निर्माता समेत रहेका नरेन्द्र महर्जनले राज्यले सेवा सुविधा दिएमा आफू नेपाली फिल्म मात्र प्रदर्शन गर्न तयार रहेको बताए । ‘प्रदर्शकलाई विदेशीको सट्टा स्वदेशी फिल्म प्रदर्शन गर्दा फाइदा छ । तर राज्यले केही सेवा सुविधा नदिदा हामी बाध्य छौँ’ महर्जनले भने । चलचित्र विकास बोर्डको समेत पुर्व सदस्य रहेका महर्जनले आफूले नेपाली फिल्म मात्र वितरण गर्ने गरेको समेत बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : १६ बजे

सीजीले ल्यायो प्रि–अटोशो अफर : एक्सपेङ किन्दा ८ लाखसम्म बचत

काठमाडौं– नेपालमा एक्सपेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले प्रि-अटोशो

पूर्वघोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप गर्ने स्वास्थ्यमन्त्रीको तयारी

काठमाडौंं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट

अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ

बेइजिङ– चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी – इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको

तराई–मधेसमा खानेपानी र सिँचाइका लागि काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव